काठमाडौं। सरकारले चाडबाड नजिकिएका बेला महँगी रोक्न देशभरि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत् खुल्ने पसलमा सस्तो मूल्यमै दैनिक उपभोग्य वस्तु पाइन्छ।
यी दुई कम्पनीहरूले उपत्यकाका तीनै जिल्लामा असोज १५ देखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका हुन्।
दुई कम्पनीले गरेर उपत्यकाका १० स्थानमा सुपथ मूल्य पसल चल्नेछन्। व्यापार कम्पनीले थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सुर्यबिनायकमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले ललितपुर, सतुंगल, कोटेश्वर, भक्तपुर र बनेपामा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ।
यसका साथै यी बाहेक देशका अन्य ५० स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने व्यापार कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।
तर, यी दुई कम्पनीहरूले विगतका वर्षहरूमा जस्तै संयुक्त पसल नचलाउने उनको भनाइ छ। भनिन्, “विगतका वर्षहरूमा संयुक्त रूपमा पसल चलाइन्थ्यो। यो वर्षदेखि त्यसो नगर्ने निर्णय भएको छ।”
निर्णयअनुसार साल्ट ट्रेडिङ र खाद्य कम्पनीले आफ्नो सामान साटासाट गरेर बिक्री गर्न भने पाउनेछन्।
सुपथ मूल्य पसल मंसीर ७ गतेसम्म सञचालनमा रहने छ।
" /> काठमाडौं। सरकारले चाडबाड नजिकिएका बेला महँगी रोक्न देशभरि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत् खुल्ने पसलमा सस्तो मूल्यमै दैनिक उपभोग्य वस्तु पाइन्छ।

">