ब्रोइलर कुखुराको चल्लालाई लोकलभन्दै बिक्री गर्ने गिरोह पक्राउ, रंग लगाइएका २८ लाख रुपैयाँ बराबरका चल्ला बरामद
काठमाडौं। ब्रोइलर कुखुराको चल्लालाई लोकल कुखुराको चल्लाभन्दै बिक्री गर्ने ४ जना काठमाडौंबाट पक्राउ परेका छन्। आज महानगरीय प्रहरी वृत्ति, कालिमाटीबाट खटिएको टोलीले तीन महिलासहित एक पुरुषलाई पक्राउ गरेको हो।

उनीहरुले चितवनबाट ल्याइएका ब्रोइलर कुखुरामा रंग लगाएर लोकल कुखुराको चल्ला भन्दै बिक्री गर्दै आएका पाइएका थिए। उनीहरुको साथबाट २८ हजार ६०० वटा कुखुराका चल्ला समेत बरामद गरिएको छ।

अभिनास ह्याचरी र मोर्डन ह्याचरीबाट उपत्यका ल्याइएका चल्लालाई रंग लगाएपछि प्रतिगोटा ८० देखि १०० रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए।

पक्राउ परेका कुखुराको चल्लाको मूल्य प्रतिगोटा १०० का दरले हिसाब गर्दा कुल २८ लाख ६० हजार रुपैयाँ पर्न आउँछ।

पक्राउ पर्नेमा चन्दा शाह, प्रेमसिलादेवी जैसवाल, सुनिता जैसवाल र वकिल खान पक्राउ परेका हुन्। विषेश सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको कालिमाटीका प्रहरी प्रवक्ता सोमेन्द्रसिंह ठाकुरले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्