सिटिजन्स लाइफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

काठमाडौं। सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको लािग एनआईबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

आईपीओ निष्कासन सम्झौतापत्रमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्।

सिटिजन्स लाइफ इन्स्योरेन्सले ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीको चुक्तापूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ।

७५ करोडको आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ। नयाँ खुलेका जीवन बीमा कम्पनीहरू मध्ये अहिलेसम्म रिलायन्स लाइफ इन्स्योरेन्सले मात्र आईपीओ निष्कासन गरेको छ। दोस्रोमा सिटिजन्स लाइफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको हो।

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपर्छ। बोर्डले स्वीकृत गरेपछि मात्रै सिटिजन्स लाइफ इन्स्योरेन्सले कम्पनीले आईपीओ निष्कासन गर्न पाउँछ।

प्रतिक्रिया दिनुहोस्