काठमाडौं। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव माग गरेको छ। राष्ट्र बैंकले आज सूचना प्रकाशन गरेर वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई २४० दिने निक्षेपमा कोषको रकम उपलब्ध गराउने बताएको छ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ४२ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २६ करोड ७० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ८ करोड ९० लाख रुपैयाँ गरी कूल एक अर्ब ७८ करोड रुपैयाँ लगानी गर्न लागेको बताएको छ।
मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी असोज १८ गते ४ बजेभित्र शिलबन्दी प्रस्ताव पेश गर्न राष्ट्र बैंकले भनेको छ।
राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र न्यूनतम पूँजीकोष कायम भएको हुनुपर्ने सूचनामा उल्लेख छ।
निक्षेप लिनका लागि निष्कृय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, निकटतम अघिल्लो वर्षमा मुनाफामा रहेको र रियलस्टेट कर्जा तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने राष्ट्र बैंकले बताएको छ।
त्यसैगरी, सञ्चालक, सीईओ, र कार्यकारी सञ्चालकले राष्ट्र बैंकबाट कारवाही भोगेको भए पनि ६ महिना पूरा भएको, संस्था शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता सर्तहरु तोकिएका छन्।