काठमाडौं। आज बुधबार सेयर बजारमा ३ दशमलव १९ अंकको गिरावट आएको छ।
कारोबार भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर १ हजार ५५० अंकमा पुगेर रोकिएको हो। यस क्रममा १ अर्ब ९५ करोड रुपैयाँ बराबरका ८० लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज नेप्से परिसूचक घटे पनि ४ समूह सुधारिएका छन्। विकास बैंक, जलविद्युत, वित्त र म्यूचुअल फण्ड समूहमा सुधार आएको हो। यसमध्ये सबैभन्दा धेरै विकास बैंक समूह ३४ दशमलव ५४ अंकले सुधारिएको छ।
ती समूहबाहेक घटेका अन्य समूहमध्ये सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीको उपसूचक ५१ अंकले बढेको छ। परिसूचक एकल अंकले घटे पनि कामना सेवा विकास बैंकको सेयर १७ अंकले बढेको छ।
हिजो ४ अंकले घटेको सेयर बजारमा १ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।