मनकामना केबलकारको टिकट ईसेवा र फोन पेबाटै
<p>काठमाडौं। मनकामना केबलकारले ई-टिकटको व्यवस्था लागु गरेको छ। महामारीको बीचमै सञ्चालनमा आएको कम्पनीले ईसेवाबाट टिकट किन्न सक्ने व्यवस्था लागु गरेको जानकारी दिएको छ।</p>
<p>कम्पनीले सामाजिक सञ्जालमार्फत् जनाएअनुसार ईसेवाबाट खरिद गरिएको टिकट मोबाइलमा आउँछ र त्यही टिकट देखाएर यात्रा गर्न सकिन्छ। कम्पनीले भनेको छ, “टिकट काट्न पहिलेजस्तो लामो लाइन बस्नुपर्दैन।”</p>
<p>ग्राहकसँग नगदरहित कारोबार गर्ने लक्ष्यसहित सुरु भएको ई टिकटको व्यवस्थामा फोन पेबाट पनि टिकट किन्न सकिने बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्