काठमाडौं। राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत दुई वटा सुरुङ निर्माणको लागि २७ कम्पनीले इच्छा देखाएका छन्।
द्रुत मार्ग अन्तर्गत पर्ने दुई सुरुङ निर्माणको लागि नेपाली सेनाले आव्हान गरेको ‘प्रि–क्वालीफिकेसन’ बोलपत्रमा २७ कम्पनीका ४३ आवेदन परेका छन्।
“बोलपत्रहरुको खोलुवा प्रक्रिया सम्पन्न भएको छ, जसमा उल्लेखनिय सहभागिता देखिएको छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
सेनाले द्रुतमार्गमा पर्ने छोक्रेडाँडा देखि धेद्रेखोला र धेद्रेखोलादेखि लनडाँडासम्म दुई स्थानमा सुरुङ निर्माणको लागि बोलपत्र आव्हान गरेको थियो। ‘ट्वीन डबल लेन’ सुरुङ निर्माणको लागि आव्हान गरिएको बोलपत्रमा ४३ आवेदन परेको हो।
“छोक्रेडाँडा देखि धेद्रेखोला सम्मको लागि कूल २१ कम्पनीहरुले बोलपत्र दाखिला गरेका छन् भने धेद्रेखोला देखि लनडाँडासम्मको कार्यका लागि कूल २२ वटा कम्पनीहरुले बोलपत्र दाखिला गरेका छन्,” सेनाको विज्ञप्तिमा जनाइएको छ।
द्रुतमार्ग अन्तर्गत छोक्रेडाँडादेखि धेद्रेखोला सम्मको सडक खण्डको लम्बाई ४.५ किलोमिटर रहेको छ, जसमा ३.३५ किलोमिटर सुरुङ रहने छ। यस्तै, धेद्रेखोलादेखि लनडाँडासम्म सडक खण्डको लम्बाई पनि ४.५ किलोमिटर रहेको छ। यसमा साढे एक/साढे एक किलोमिटर लामा दुई वटा सुरुङ पर्नेछन्।
अब मुल्यांकन समितिले बोलपत्रहरुको मुल्यांकन गरी योग्य ठहरिएका कम्पनीहरु सूचीकृत गर्ने जनाइएको छ।
" /> काठमाडौं। राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत दुई वटा सुरुङ निर्माणको लागि २७ कम्पनीले इच्छा देखाएका छन्।द्रुत मार्ग अन्तर्गत पर्ने दुई सुरुङ निर्माणको लागि नेपाली सेनाले आव्हान गरेको ‘प्रि–क्वालीफिकेसन’ बोलपत्रमा २७ कम्पनीका ४३ आवेदन परेका छन्।

">