कैलाली। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउने भएको छ।
दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो।
साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा आउन लागेको बताए। उनले अन्य स्थानीय पालिकाले सुपथ मूल्य पसल सञ्चालन गर्न चाहेमा साल्ट ट्रेडिङले सहयोग गर्ने बताए।
सुपथ मूल्य पसलबाट चिनी, नुन र चामल बिक्री हुने उनले बताए। चिनीकाे मूल्य प्रतिकिलो ७० र नुन प्रतिकिलो १८ रुपैयाँ निर्धारण गरेको पाण्डेयले बताए। नुन र चिनी प्रतिव्यक्ति चार किलोसम्म खरिद गर्न सकिने सहायक महाप्रबन्धक पाण्डेले बताए।