काठमाडौं। ‘परिश्रमको फल मिठो हुन्छ’ यो सर्वव्यापी भनाइ हर क्षेत्रमा लागू हुन्छ। जस्तो खालको परिश्रम गरेका हुन्छौं, त्यही अनुसारको फल हामीले अवश्य पनि पाउँछौं।
हो, कीर्तिपुरको भत्केपाटी जाँखाकी २७ वर्षीया अञ्जनी बाँनियाले परिश्रम अनुसारको फल पाइरहेकी छिन्।
लोकप्रिय पशुपालन तथा कृषि फार्म सञ्चालन गरिरहेकी उनी उदाहरणीय बनेकी छिन्। अञ्जनीले व्यावसायिकरूपमा गाईपालन गरेको ६ वर्षभन्दा बढी भयो।
एउटा गाई किनेर २०७१ सालमा शुरू गरेको फार्ममा अहिले विभिन्न प्रजातीका ११ वटा गाई छन्। दैनिक चार हजार रूपैयाँभन्दा बढीको आम्दानीसमेत लिइरहेकी छिन्।
त्यो कामका लागि उनलाई आमा ५५ वर्षीया मिना बानियाँले साथ दिएकी छिन्। आामाछोरीले चार रोपनी जग्गा भाडामा लिएर गाईपालनसँगै बाख्रा, हाँस, कुखुरा पालन गर्नुका साथै तरकारी खेतीसमेत गरिरहेका छन्।
“यो त लामो संघर्षपछिको फल हो। अहिले जे होस् राम्रै भइरहेको छ। शुरूको दिनमा त निकै दुःख गरियो,” अञ्जनीले भनिन्, “एकातिर कुनै सीप थिएन्। अर्कोतिर दिनप्रतिदिन ऋण थपिदैं थियो। आम्दानी शून्य थियो। त्यो बेला त निकै गाह्रो परेको थियो।”
अहिले आमाछोरीको आम्दानी मासिक डेढ लाखभन्दा बढी छ। शुरूमा भीमढुंगामा जग्गा लिजमा लिएर व्यवसाय थालेका उनीहरू जाँखा सरेर संरचना निर्माणमा झण्डै १५ लाख खर्च गरेको बताउँछन्।
एउटा गाईलाई दैनिक सरदरमा दुईदेखि तीन सय रूपैयाँसम्म खर्च हुन्छ। दुध बेचेर हुने आम्दानीबाट आधा गाईका लागि र आधा आफ्नो लागि धान्दै आएको मिनाले बताइन्।
व्यवसायका लागि गरेको संघर्ष
चन्द्रागिरी नगरपालिकास्थित नैकाप घर भएकी अञ्जनीले स्नातक तहसम्म अध्ययन गरिन्। छोरीले जागिर खाओस् भन्ने बुवाको चाहना भएपनि अञ्जनीको लक्ष्य व्यापार व्यवसाय गर्ने थियो।
छोरीको साथमा आमा मिना पनि उभिइन्। आमाको चाहना भने छोरीले जे गर्न खोज्छिन्, त्यही गर्न दिनुपर्छ भन्ने थियो। यही विषयमा उनीहरूको घरमा विवाद नै चल्यो।
बुवाले घरमा एउटा जर्सी गाई किनेर पालेका थिए। त्यही गाईबाट छोरीले व्यवसायिक रूपमा पशुपालनको शुरूआत गरिन्। बुवासँग कुरा मिल्न छोडेपछि आमाको साथ पाएर भीमढुंगामा जग्गा भाडामा लिएको उनी बताउँछिन्।
“शुरू-शुरूमा मानिसहरूले कुरा काट्थे, अवरोध सिर्जना गर्न खोज्ने गरेका थिए। अहिले त हामी धेरेजनाको लागि प्रेरणाको स्रोत बनेका छौं।”- आमाछोरी सुनाउँछन्।
विस्तारै व्यवसायले गति लिन थाल्यो। “काम गर्ने क्रममा निकै रमाइलो लाग्छ। कहिल्यै पनि निराश भइन। आफ्ना लागि आफैंले श्रम गर्दा झन आनन्द लाग्छ। त्यही भएर त दिनभर एकछिन पनि काम नगरेर बस्न सक्दिन्।” अञ्जनी आफ्नो अनुभव सुनाउँछिन्।
यो जमानामा काठमाडौंमै हुर्केबढेको छोराछोरीले म व्यवसाय गर्छु। गाईपालन गर्छु भन्ने हिम्म्मत कमैमा हुने भन्दै मिनाले पनि छोरीको त्यो अठोटलाई साथ दिइन्। र, छोरीको खुशीका लागि उनले आफ्नो पतिसँगको सम्बन्धमाथि जोखिम मोलिन्।
काम गर्दै जाँदा थुप्रै समस्याको सामना गर्नुपरेको आमाछोरी सुनाउँछन्।
“काम गर्दै जाँदा शुरू-शुरूमा मानिसहरूले विभिन्न कुराहरू सुनाउने, अवरोध सिर्जना गर्न खोज्ने गरेका थिए। अहिले त हामी धेरेजनाको लागि प्रेरणाको स्रोत बनेका छौं।” उनीहरू भन्छन्, “काम गर्दैगर्दा बिचमै निराश भएर छाड्नु हुन्न। समस्या आउँदै जान्छ त्यसलाई पन्छाउँदै अघि बढ्ने हो अनि मात्र सफल भइन्छ।”
बीचमा निराश हुँदा विदेश जान पासपोर्ट बनाइसकेकी अञ्जनीलाई आमाको ढाडसले थप उत्प्रेरणा दियो।
उनीहरूको फार्ममा अहिले जर्सी, होलिस्टेन, स्थानीय लगायतका गाई छन्। बिहान बेलुका दूध लिएर छोरी स्कूटरमा हालेर बजार लैजान्छिन्। फार्ममा आवश्यक पर्ने सामान ओसारपसार गर्न भ्यानसमेत किनेका छन्।
रोजगारीका लागि विदेशिने युवाहरूका लागि गरे आफ्नै माटोमा सम्भावना रहेको भन्दै सुझाउँछन् यी आमाछोरी। “अर्काको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै ठाउँमा भविश्य खोज्न सकिन्छ।” मिनाले भनिन्।
" /> काठमाडौं। ‘परिश्रमको फल मिठो हुन्छ’ यो सर्वव्यापी भनाइ हर क्षेत्रमा लागू हुन्छ। जस्तो खालको परिश्रम गरेका हुन्छौं, त्यही अनुसारको फल हामीले अवश्य पनि पाउँछौं।हो, कीर्तिपुरको भत्केपाटी जाँखाकी २७ वर्षीया अञ्जनी बाँनियाले परिश्रम अनुसारको फल पाइरहेकी छिन्।

">