काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालतर्फ प्याज निकासी गर्न भारत तयार रहेको जानकारी दिएका छन्। उनले नेपालको उच्चस्तरीय पहलपछि प्याज निर्यातका लागि भारत तयार भएको जानकारी दिएका हुन्।
मन्त्रालय सम्हालेपछिको कार्यप्रगति सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो जानकारी दिएका हुन्। उनले भने, “हामीलाई प्याज पठाउन भारत सकारात्मक छ। यसलाई हामीले प्याज निकासीका लागि भारत तयार भएको बुझेका छौं।”
भारतको वैदेशिक व्यापार निर्देशनालयले भदौ २९ गतेदेखि प्याजको निकासीमा प्रतिबन्ध लगाएको थियो। भारतमा प्याजको उत्पादन घटेर मूल्यले आकाश छोएपछि आन्तरिक खपतका लागि निकासीमा प्रतिबन्ध लगाइएको थियो।
भारतले प्याजको निकासी रोकेको भोलिपल्ट नै नेपाली व्यापारीहरूले भाउलाई नयाँ उचाई दिएका थिए। प्रतिकिलो ६०/६५ रूपैयाँमा पाइने प्याज भारतले निकासी रोकेको सूचना पाउनासाथ २४० रूपैयाँसम्म पुगेको थियो।
नेपालले चालू आर्थिक वर्षको पहिलो दुई महिना (साउन/भदौ)मा मात्रै विदेशबाट एक अर्ब १५ करोड रूपैयाँको प्याज आयात गरेको छ। हालसम्म नेपालले भारत र चीनबाट मात्रै प्याजको आयात गरेको छ।
त्यसमध्ये चीनबाट यो अवधिमा जम्म ३६ लाख रूपैयाँको प्याज आएको भन्सार विभागको तथ्यांकले देखाउँछ। त्यसबाहेक बाँकी सबै प्याज भारतबाट आएको छ।
" /> काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालतर्फ प्याज निकासी गर्न भारत तयार रहेको जानकारी दिएका छन्। उनले नेपालको उच्चस्तरीय पहलपछि प्याज निर्यातका लागि भारत तयार भएको जानकारी दिएका हुन्।मन्त्रालय सम्हालेपछिको कार्यप्रगति सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो जानकारी दिएका हुन्। उनले भने, “हामीलाई प्याज पठाउन भारत सकारात्मक छ। यसलाई हामीले प्याज निकासीका लागि भारत तयार भएको बुझेका छौं।”

">