काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागले उपत्यकाका तीन जिल्लामा चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिएको छ।
विभागले काठमाडौं, भक्तपुर र ललितपुरका व्यवसायिक फर्महरुमा अनुगमन गर्दै कैफियत देखिएकालाई कारबाही गरेको छ।यसैक्रममा आज तीन जिल्लाका २४ वटा व्यवसायिक फर्म तथा पसलमा अनुगमन गरेको छ।
अनुगमनका क्रममा केही पसलले बढी मूल्य लिएको, खरिद बिक्रीको बिल नराखेको भेटिएको थियो। कैफियत पाइएकाहरूबाट विभागले कारबाहीस्वरुप १ लाख ५ हजार रुपैयाँ जरिवाना उठाएको छ।
विभागले ग्यास, जुस, फलफुल, तरकारी, लत्ताकपडा, खाद्यान्न, किराना, औषधि पसलमा अनुगमन गरेको थियो।