काठमाडौं। रामेछापका रामहरी कार्कीलाई न्यूरोड क्षेत्रमा पछिल्लो केही दिनयता भ्याईनभ्याई छ। विगत १० वर्षदेखि न्यूरोड/महाबौद्धको वटु टोलमा भारी बोक्दै आएका उनी बिहानदेखि बेलुकासम्म व्यस्त देखिन्छन्।

महामारीका कारण व्यापार व्यवसाय ठप्प हुँदा रामहरी झण्डै सात महीनादेखि कामविहीन बनेका थिए।

“महामारीका कारण झण्डै ७ महिना सुकेको न्यूरोड र महाबौद्ध क्षेत्रको व्यापार दशैंका कारण विस्तार उठ्न थालेको छ”, उनले भने, “म र मेरा साथीहरूले यतिबेला राम्रै काम पाएका छौं।”

महाबौद्ध र आसपासका होलसेल व्यापारीले दशैंको सामान भित्र्याइरहेका छन्। साथै, उनीहरूले उपत्यकाबाहिरका व्यापारीलाई सामान पनि बिक्री गरिरहेका छन्।

विगतका वर्षहरूमा व्यापारीहरूले दशैंका लागि जेठ/असारदेखि नै सामान ल्याउने गरेको उनी सुनाउँछन्। तर, यो वर्ष भर्खर सामान आउने क्रम शुरू भएको छ र बेचिरहेका पनि छन्। जसकारण, भरियाहरूलाई यो वर्षको दशैंमा दोहोरो काम परेको छ।

“अघिल्ला वर्ष यतिबेला साहुका गोदाममा राखिएका सामान झिक्ने र गाडीमा लोड गर्ने काम मात्रै हुन्थ्यो”, कार्कीले भने, “यो वर्ष विदेशबाट ल्याइने सामान अनलोड गरेर गोदाममा राख्दैछौं।”

त्यही क्षेत्रमाा काम गर्दै आएका सिन्धुलीका लक्ष्मण थापा पनि दैनिक ११/१२ घन्टा खटिँदा उनीसँग कोठाभाडा तिरेर पनि दशैंमा घर लैजाने पैसा जम्मा हुन थालेको छ।

“दिनमा ३ हजारसम्म कमाइ भइरहेको छ। ६/७ महीना काम नपाए पनि यतिबेला हामीलाई दशैं लागि सकेको छ”, भन्छन्, “दशैंमा पनि कमाइ नहोला भन्ने लागेको थियो। केही आशा जागेको छ।”

यो वर्ष बजारको व्यापार गत वर्षको जस्तो नभएको लक्ष्मण सुनाउँछन्। धेरै भरिया घर गएकाले थोरै मात्रै काठमाडौंमा छन्। थोरैको संख्यामा रहेका यहाँका भरियाले भने राम्रै काम पाएका हुन्।

यस्तै, लमजुङका माइला श्रेष्ठको पनि दिनको १२ घन्टा जति न्युरोड र महाबौद्ध क्षेत्रमै वित्छ। लकडाउन हुने हल्लाले चैतको पहिलो साता घर गएका श्रेष्ठले ६ महीनाको कोठाभाडा तिर्ने पैसा घरबाटै ऋण काढेर ल्याएका थिए।

अबको केही दिनसम्म राम्रै काम भए त्यो ऋण तिरेर दशैं खर्चको जोहो हुनेमा ढुक्क छन् उनीहरू।

लामो समयसम्म काम नपाउँदा गुजारा गर्न समस्या परिरहेका भरियालाई दशैंको चटारोसँगै काम थपिँदा भने केही राहत मिलेको छ।

" /> काठमाडौं। रामेछापका रामहरी कार्कीलाई न्यूरोड क्षेत्रमा पछिल्लो केही दिनयता भ्याईनभ्याई छ। विगत १० वर्षदेखि न्यूरोड/महाबौद्धको वटु टोलमा भारी बोक्दै आएका उनी बिहानदेखि बेलुकासम्म व्यस्त देखिन्छन्।

महामारीका कारण व्यापार व्यवसाय ठप्प हुँदा रामहरी झण्डै सात महीनादेखि कामविहीन बनेका थिए।

“महामारीका कारण झण्डै ७ महिना सुकेको न्यूरोड र महाबौद्ध क्षेत्रको व्यापार दशैंका कारण विस्तार उठ्न थालेको छ”, उनले भने, “म र मेरा साथीहरूले यतिबेला राम्रै काम पाएका छौं।”

महाबौद्ध र आसपासका होलसेल व्यापारीले दशैंको सामान भित्र्याइरहेका छन्। साथै, उनीहरूले उपत्यकाबाहिरका व्यापारीलाई सामान पनि बिक्री गरिरहेका छन्।

विगतका वर्षहरूमा व्यापारीहरूले दशैंका लागि जेठ/असारदेखि नै सामान ल्याउने गरेको उनी सुनाउँछन्। तर, यो वर्ष भर्खर सामान आउने क्रम शुरू भएको छ र बेचिरहेका पनि छन्। जसकारण, भरियाहरूलाई यो वर्षको दशैंमा दोहोरो काम परेको छ।

“अघिल्ला वर्ष यतिबेला साहुका गोदाममा राखिएका सामान झिक्ने र गाडीमा लोड गर्ने काम मात्रै हुन्थ्यो”, कार्कीले भने, “यो वर्ष विदेशबाट ल्याइने सामान अनलोड गरेर गोदाममा राख्दैछौं।”

त्यही क्षेत्रमाा काम गर्दै आएका सिन्धुलीका लक्ष्मण थापा पनि दैनिक ११/१२ घन्टा खटिँदा उनीसँग कोठाभाडा तिरेर पनि दशैंमा घर लैजाने पैसा जम्मा हुन थालेको छ।

“दिनमा ३ हजारसम्म कमाइ भइरहेको छ। ६/७ महीना काम नपाए पनि यतिबेला हामीलाई दशैं लागि सकेको छ”, भन्छन्, “दशैंमा पनि कमाइ नहोला भन्ने लागेको थियो। केही आशा जागेको छ।”

यो वर्ष बजारको व्यापार गत वर्षको जस्तो नभएको लक्ष्मण सुनाउँछन्। धेरै भरिया घर गएकाले थोरै मात्रै काठमाडौंमा छन्। थोरैको संख्यामा रहेका यहाँका भरियाले भने राम्रै काम पाएका हुन्।

यस्तै, लमजुङका माइला श्रेष्ठको पनि दिनको १२ घन्टा जति न्युरोड र महाबौद्ध क्षेत्रमै वित्छ। लकडाउन हुने हल्लाले चैतको पहिलो साता घर गएका श्रेष्ठले ६ महीनाको कोठाभाडा तिर्ने पैसा घरबाटै ऋण काढेर ल्याएका थिए।

अबको केही दिनसम्म राम्रै काम भए त्यो ऋण तिरेर दशैं खर्चको जोहो हुनेमा ढुक्क छन् उनीहरू।

लामो समयसम्म काम नपाउँदा गुजारा गर्न समस्या परिरहेका भरियालाई दशैंको चटारोसँगै काम थपिँदा भने केही राहत मिलेको छ।

"> दशैंको चटारोसँगै ७ महीनापछि काममा फर्किए न्यूरोडका भरिया: Dekhapadhi
तस्वीरहरू : गोपेन राई।
दशैंको चटारोसँगै ७ महीनापछि काममा फर्किए न्यूरोडका भरिया
काठमाडौं। रामेछापका रामहरी कार्कीलाई न्यूरोड क्षेत्रमा पछिल्लो केही दिनयता भ्याईनभ्याई छ। विगत १० वर्षदेखि न्यूरोड/महाबौद्धको वटु टोलमा भारी बोक्दै आएका उनी बिहानदेखि बेलुकासम्म व्यस्त देखिन्छन्।

महामारीका कारण व्यापार व्यवसाय ठप्प हुँदा रामहरी झण्डै सात महीनादेखि कामविहीन बनेका थिए।

“महामारीका कारण झण्डै ७ महिना सुकेको न्यूरोड र महाबौद्ध क्षेत्रको व्यापार दशैंका कारण विस्तार उठ्न थालेको छ”, उनले भने, “म र मेरा साथीहरूले यतिबेला राम्रै काम पाएका छौं।”

महाबौद्ध र आसपासका होलसेल व्यापारीले दशैंको सामान भित्र्याइरहेका छन्। साथै, उनीहरूले उपत्यकाबाहिरका व्यापारीलाई सामान पनि बिक्री गरिरहेका छन्।

विगतका वर्षहरूमा व्यापारीहरूले दशैंका लागि जेठ/असारदेखि नै सामान ल्याउने गरेको उनी सुनाउँछन्। तर, यो वर्ष भर्खर सामान आउने क्रम शुरू भएको छ र बेचिरहेका पनि छन्। जसकारण, भरियाहरूलाई यो वर्षको दशैंमा दोहोरो काम परेको छ।

“अघिल्ला वर्ष यतिबेला साहुका गोदाममा राखिएका सामान झिक्ने र गाडीमा लोड गर्ने काम मात्रै हुन्थ्यो”, कार्कीले भने, “यो वर्ष विदेशबाट ल्याइने सामान अनलोड गरेर गोदाममा राख्दैछौं।”

त्यही क्षेत्रमाा काम गर्दै आएका सिन्धुलीका लक्ष्मण थापा पनि दैनिक ११/१२ घन्टा खटिँदा उनीसँग कोठाभाडा तिरेर पनि दशैंमा घर लैजाने पैसा जम्मा हुन थालेको छ।

“दिनमा ३ हजारसम्म कमाइ भइरहेको छ। ६/७ महीना काम नपाए पनि यतिबेला हामीलाई दशैं लागि सकेको छ”, भन्छन्, “दशैंमा पनि कमाइ नहोला भन्ने लागेको थियो। केही आशा जागेको छ।”

यो वर्ष बजारको व्यापार गत वर्षको जस्तो नभएको लक्ष्मण सुनाउँछन्। धेरै भरिया घर गएकाले थोरै मात्रै काठमाडौंमा छन्। थोरैको संख्यामा रहेका यहाँका भरियाले भने राम्रै काम पाएका हुन्।

यस्तै, लमजुङका माइला श्रेष्ठको पनि दिनको १२ घन्टा जति न्युरोड र महाबौद्ध क्षेत्रमै वित्छ। लकडाउन हुने हल्लाले चैतको पहिलो साता घर गएका श्रेष्ठले ६ महीनाको कोठाभाडा तिर्ने पैसा घरबाटै ऋण काढेर ल्याएका थिए।

अबको केही दिनसम्म राम्रै काम भए त्यो ऋण तिरेर दशैं खर्चको जोहो हुनेमा ढुक्क छन् उनीहरू।

लामो समयसम्म काम नपाउँदा गुजारा गर्न समस्या परिरहेका भरियालाई दशैंको चटारोसँगै काम थपिँदा भने केही राहत मिलेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्