एजेन्सी। माइक्रोसफ्टले हिजो बिहीबार किफायती मूल्यको नयाँ 'सर्फेस ल्यापटप गो' सार्वजनिक गरेको छ। यसको सुरुआती मूल्य ५४९ अमेरिकी डलर घोषणा गरिएको छ।
माइक्रोसफ्टले यो ल्यापटप सार्वजनिक गरेसँगै नयाँ कम्प्युटर चाहने तर धेरै पैसा खर्च गर्न नचाहनेका लागि उत्तम विकल्प पनि आएको छ।
सफा लुकमा सार्वजनिक भएको माइक्रोसफ्टको यो सर्फेस ल्यापटपमा १२.४ इन्चको डिस्प्ले राखिएको छ। गत वर्ष सार्वजनिक भएको सर्फेस ल्यापटप ३ को डिस्प्ले १३.५ इन्चको थियो।
सस्तो ल्यापटप भएकाले यसमा तपाईंले चाहेका सबै फिचर नहुन सक्छन्। यसको इन्ट्रिलेभलको मोडेलमा इन्टेल आइफाइभ प्रोसेसर, ६४ जिबी स्टोरेज र ४ जीबी र्याम समावेश छ। तर यसको क्षमता बढाउन चाहे १२८ जीबी स्टोरेज र ८ जिबीसम्म र्याम अपग्रेड गर्न सकिनेछ।
माइक्रोसफ्टले एप्पलको म्याकबुक एअरसँग प्रतिस्पर्धा गर्नका लागि यो मोडेल सार्वजनिक गरेको अनुमान गर्न सकिन्छ। म्याकबुक एअरको सुरुआती मूल्य नै ९९९ अमेरिकी डलर छ। तर, एअरमा धेरै स्टोरेजसँगै डिजाइन पनि राम्रो छ।
सर्फेस ल्यापटप गो'को बाहिरि ले-आउट प्लास्टिक र आलुमिनियमले बनेको छ।
माइक्रोसफ्टको यो नयाँ ल्यापटप अक्टोबर १३ बाट स्टोरहरूमा उपलब्ध हुनेछ।
" /> एजेन्सी। माइक्रोसफ्टले हिजो बिहीबार किफायती मूल्यको नयाँ 'सर्फेस ल्यापटप गो' सार्वजनिक गरेको छ। यसको सुरुआती मूल्य ५४९ अमेरिकी डलर घोषणा गरिएको छ।माइक्रोसफ्टले यो ल्यापटप सार्वजनिक गरेसँगै नयाँ कम्प्युटर चाहने तर धेरै पैसा खर्च गर्न नचाहनेका लागि उत्तम विकल्प पनि आएको छ।

">