काठमाडौं। मेगा बैंक नेपालले आजबाट ‘मेगा किसान कार्ड’सहित ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ।
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले आज बैंकको केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसानलाई पहिलो कार्ड हस्तान्तरण गरेर किसान कार्ड वितरण थालेकी हुन्।
बैंकले स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने मूल नारा बनाएर व्यावसायिक किसानहरूको समयानुकूल आवश्यकतालाई हेरेर विभिन्न सुविधा ल्याउने गरेको र अहिले पनि किसानालाई नै सुविधा दिने उद्देश्यले मेगा स्मार्ट कृषि सेवा सुरु गरेको बैकले बताएको छ।
त्यसै गरी, किसानहरूलाई सहज रूपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सघाउन पनि कार्ड सुरु गरेको बैंकले बताएको छ। यो सेवाका लागि मेगा र आरएन्डडी इनोभेटिभ सोलुसनसँग सम्झौता भएको छ।
‘मेगा किसान कार्डमार्फत किसानहरूले आफूलाई आवश्यक पर्ने मलखाद, बिउबिजन लगायतका सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरू तोकिएका कृषि सेवा केन्द्रहरूबाट खरिद गर्न सक्नेछन्,” कार्ड वितरणपछि मेगा बैंककी सिइओ खुञ्जेलीले भनिन्, “यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न सहयोग पुग्ने विश्वास लिएका छौंँ।”
कृषिमा आत्मनिर्भर बनाउने सरकारको योजनालाई सघाउन पनि किसानलाई कार्ड उपलब्ध गराउन थालिएको खुञ्जेलीले बताइन्।
" /> काठमाडौं। मेगा बैंक नेपालले आजबाट ‘मेगा किसान कार्ड’सहित ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ।मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले आज बैंकको केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसानलाई पहिलो कार्ड हस्तान्तरण गरेर किसान कार्ड वितरण थालेकी हुन्।

">