काठमाडौं । नेपालका लागि सुजुकी गाडीको अधिकृत बिक्रेता सीजी मोटोकर्पले मिनी एसयूभी ‘एस–प्रेसो’ सार्वजनिक गरेको छ ।
यसमा ४० प्रतिशत स्टिल प्रयोग गरिएको छ । जसले गाडीलाई बलियो र सुरक्षित बनाएको कम्पनीको दाबी छ ।
डिजाइन, टेक्नोलोजी र सुरक्षा फिचरका कारण गाडी ग्राहकको रोजाइमा पर्ने कम्पनीको भनाइ छ । एस–प्रेसोले २१ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ । यसमा कनेक्टिभिटीको लागि ‘स्मार्टप्ले स्टूडियो इन्फोटेन्मेन्ट सिस्टम’ राखिएको छ ।
यसमा अर्पचर हेडल्याम्प, ग्रिल ग्राफिक्स, डिजिटल स्पिडोमिटर, स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल लगायतका प्रिमियम विशेषता छन् ।
‘एस–प्रेसो’ मा १.० लिटरको बीएस ६ मापदण्डमा आधारित ‘के टेन’ इन्जिन छ ।
यसमा डुअल एअरब्याग, इबीडी (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन), एबीएस (एन्टिलक ब्रेकिङ सिस्टम) अगाडिको प्यासेन्जरको लागि ‘सिट बेल्ट रिमाइन्डर’, रियर पार्किङ असिस्ट, हाई स्पिड वार्निङ एलर्ट, रिभर्स पार्किङ सेन्सर लगायतका सुरक्षा फिचर छन् ।
यसको मूल्य भेरियन्टअनुसार २२ लाख ९९ हजारदेखि २५ लाख ४९ हजारसम्म रहेको छ ।
" /> काठमाडौं । नेपालका लागि सुजुकी गाडीको अधिकृत बिक्रेता सीजी मोटोकर्पले मिनी एसयूभी ‘एस–प्रेसो’ सार्वजनिक गरेको छ ।यसमा ४० प्रतिशत स्टिल प्रयोग गरिएको छ । जसले गाडीलाई बलियो र सुरक्षित बनाएको कम्पनीको दाबी छ ।

">