२०२० को थर्ड क्वार्टरमा टेस्लाको कीर्तिमान, करिब एक लाख ४० हजार कार उत्पादन

काठमाडाैं। टेस्लाले २०२० को थर्ड क्‍वार्टर (जुलाई/अगस्ट/सेप्टेम्बर)मा कीर्तिमानी एक लाख ३९ हजार ३०० कार उत्पादन गरेको छ।

डेलिभरीमा कुनै पनि समस्या नआओस् भनेर तयारी हुन बाँकी रहेका अन्य कारको उत्पादन थर्ड क्‍वार्टरमा रोकिएको पनि टेस्लाले जानकारी दिएको छ।

कम्पनीले शुक्रबार एक जारी गरेको विज्ञप्तिअनुसार कुल एक लाख ४५ हजार ३६ कार उत्पादन भएका छन्। जसमध्ये एक लाख २८ हजार ४४ वटा मोडेल-३ र मोडेल वाई कार छन्। जसमध्ये एक लाख २४ हजार १०० कार डेलिभरी पनि गरिसकिएको टेस्लाले जानकारी दिएको छ।

त्यस्तै मोडेल-एस र मोडेल-एक्सका १६ हजार ९९२ वटा कार उत्पादन गरेको र तीमध्ये १५ हजार २०० वटा डेलिभरी भइसकेको छ।

कम्पनीले यसअघि २०१९ को फोर्थ क्‍वार्टरमा एक लाख १२ हजार कार निर्माण गरेर कीर्तिमान बनाएको थियो।

टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले सेप्टेम्बरमा आएको यो नतिजाले सबै कर्मचारीलाई अझ उत्कृष्ट नतिजाका लागि प्रेरित गरेको बताएका छन्। टेस्लाले थर्ड क्‍वार्टरमा भएको व्यापारिक नाफा अक्टोबर महिनाभित्रै सार्वजनिक गर्नेछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्