तनहुँ। तनहुँ जिल्लामा पशुपक्षीको बीमा गराउने कृषकको सङ्ख्या बढेको छ। पशुपालनमा कृषकको आकर्षण बढेसँगै बीमा गराउने कृषकको सङ्ख्या पनि बढ्दै गएको हो।

गत आर्थिक वर्ष २०७५/७६ मा जिल्लामा १० हजार ७९५ पशुको बीमा गरिएकामा आव २०७६/७७ मा ३६ हजार ४२१ पशुपक्षीको बीमा गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले जनाएको छ।

केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठका अनुसार जिल्लामा ३८ करोड १६ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको पशुको बीमा गरिएको छ। बीमाबापत सरकारले एक करोड ९० लाख ८२ हजार २५० रुपैयाँ प्रिमियम शुल्क सहयोग गरेको छ भने सम्बन्धित कृषकले ४७ लाख ७० हजार ५६२ रुपैयाँ भुक्तानी गरेका छन्। गत आर्थिक वर्षसम्म पशु बीमाका लागि सरकारले ७५ प्रतिशत र कृषकले २५ प्रतिशत भुक्तानी गर्नुपर्ने प्रावधान रहेको थियो।

जिल्लामा सबैभन्दा बढी कुखुरामा बीमा गरिएको छ। एक करोड ३३ लाख २० हजार रुपैयाँ मूल्य बराबरका २२ हजार २०० कुखुरा, पाँच करोड ३९ लाख ९० हजार रुपैयाँ मूल्य बराबरका पाँच हजार ३९९ बाख्रा, १२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पाँच हजार माछा, १७ करोड ५० लाख रुपैयाँ मूल्य बराबरका दुई हजार गाई, १३ करोड तीन लाख रुपैयाँ मूल्य बराबरका एक हजार ३०३ भैँसी र ७७ लाख ८५ हजार रुपैयँ मूल्य बराबरका ५१९ बङ्गुरको बीमा गरिएको केन्द्रले जनाएको छ।

त्यसमध्ये गाईको बीमामा कृषकले २१ लाख ८७ हजार ५०० रुपैयाँ, भैंसीको बीमामा १६ लाख २८ हजार ७५०, बाख्राको बीमामा छ लाख ७४ हजार ८७५, बङ्गुरको बीमामा ९७ हजार ३१२, कुखुराको बीमामा एक लाख ६६ हजार ५०० र माछाको बीमामा १५ हजार ६२५ रुपैयाँ तिरेका छन्। जिल्लामा एनएलजी, सगरमाथा, प्रुडेन्सियल र लुम्बिनी इन्स्योरेन्स कम्पनीले पशु बीमाको सेवा दिँदै आएका छन्।

बन्दीपुर गाउँपालिका-५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताए। “पशुको मृत्यु भएको खण्डमा कृषकले बीमामार्फत राहत पाउँछन्,” उनले भने, “मैले सात वर्षदेखि गाईको बीमा गराउँदै आएको छु।” यस अवधिमा उनले १२ वटा गाईको मृत्यु भएपछि बीमाबाट भुक्तानी लिएका छन्। चालु आर्थिक वर्षदेखि कृषकले बेहोर्नुपर्ने २५ प्रतिशत पनि सरकारले नै बेहोर्ने भएपछि कृषक उत्साहित भएको भट्टराईले बताए।

व्यास नगरपालिका-११ पोल्याङका राजेन्द्र पौडेलले बीमा कार्यक्रम राम्रो भए पनि दाबी भुक्तानी लिने बेलामा इन्स्योरेन्स कम्पनीले दुःख दिने गरेको बताए। “मैले भैँसीको बीमा गराएको थिएँ, भैँसी मरेपछि भुक्तानी दाबी गर्न जाँदा चार महिनासम्म झुलाउने काम भयो,” पौडेलले भने।

व्यास नगरपालिका-१ का कुखुरापालक कृषक खेमराज अधिकारीले पनि भुक्तानी प्रक्रिया झण्झटिलो भएकाले सहज बनाउनुपर्ने बताए। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ग्रामीण भेगमा अझै पनि पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताएको छ। रासस

" /> तनहुँ। तनहुँ जिल्लामा पशुपक्षीको बीमा गराउने कृषकको सङ्ख्या बढेको छ। पशुपालनमा कृषकको आकर्षण बढेसँगै बीमा गराउने कृषकको सङ्ख्या पनि बढ्दै गएको हो।

"> पशु बीमामा कृषकको आकर्षण: Dekhapadhi
पशु बीमामा कृषकको आकर्षण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्