काठमाडौं। अस्ट्रेलियाको एक कम्पनीले नेपालमा ५०० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा व्यक्त गरेको छ।
अस्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गरी खपतसमेत आफैँ गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय समक्ष पेस गरेको उर्जा मन्त्रालयले जानकारी दिएको छ। फोर्टेस्क्यू मेटल ग्रुप अस्ट्रेलियाको १० ठूला कम्पनी मध्येको हो।
उक्त कम्पनीको प्रस्तावको बारेमा ऊर्जा मन्त्रालयका अधिकारीहरु र उक्त कम्पनीका प्रतिनिधिबीच अनलाइन माध्यमबाट प्रारम्भिक छलफल भएको छ।
विदाइ भेटका लागि उर्जा मन्त्री वर्षमान पुनलाई भेट्न उनको कार्यकक्षमा पुगेका अस्ट्रेलियाका राजदूत पिटर बडलाई उर्जा मन्त्रीले उक्त निजी कम्पनीको प्रस्तावमा मन्त्रालय सकारात्मक रहेको सन्देश पठाएका छन्।
नेपालमा जलविद्युतमा लगानी गर्ने सम्बन्धमा छलफलका लागि फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडका अध्यक्ष एन्ड्रीयू फरेस्ट नेतृत्वको टोली असोज २६ गते काठमाडौं आउन लागेको छ।
उक्त टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत विषयका साथै सम्भावित आयोजनाका बारेमा पनि छलफल हुने मन्त्री पुनले राजदूत बडलाई जानकारी गराएका छन्।
अस्ट्रेलियाले नेपालमा पछिल्लो पटक एकीकृत नदी बेसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत् आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएकामा मन्त्री पुनले प्रशंसा गरे।
" /> काठमाडौं। अस्ट्रेलियाको एक कम्पनीले नेपालमा ५०० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजनामा लगानी गर्ने इच्छा व्यक्त गरेको छ।अस्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा ५०० मेगावाट क्षमताको विद्युत् उत्पादन गरी खपतसमेत आफैँ गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय समक्ष पेस गरेको उर्जा मन्त्रालयले जानकारी दिएको छ। फोर्टेस्क्यू मेटल ग्रुप अस्ट्रेलियाको १० ठूला कम्पनी मध्येको हो।

">