काठमाडौं। गत असार १५ गते सिन्धुपाल्चोकको जम्बु बजारमा पहिरो गएदेखि बन्द भएको चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी सञ्चालनमा आएको छ।
तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले आजदेखि नाका खुलेको जानकारी दिए।
“सबै नेपाली कामदारको पीसीआर परीक्षण गरेपछि आजदेखि नाका खुलेको छ,” उनले देखापढीसँग भने, “आज पहिलो चरणमा १२ वटा गाडीमा सामान आउँदै छ।”
आज चीनका ६ वटा गाडी (नेपालका १२) सामान नेपालतर्फ हिँडिसकेको उनले बताए। आज बेलुका ७ बजेसम्म सबै गाडी भित्रिसक्ने उनकाे भनाइ छ।
ती गाडीमा के-के सामान आइरहेको भन्ने जानकारी अहिले नै मिलिनसकेको तातोपानी सुख्खा बन्दरगाहले जानकारी दिएको छ। यद्यपि मेडिकल सामग्री र औद्योगिक कच्चा पदार्थ आएको हुनसक्ने बताइएको छ।
चीनले नाका खोल्ने संकेत यही असोज ८ गते नै दिएको थियो। चीनले नेपालतर्फका २९ जना कामदारको पीसीआर परीक्षण गर्ने बताएपछि नाका खुल्ने संकेत नेपाली पक्षलाई मिलेको थियो।
परीक्षणका क्रममा सबै कामदारको कोभिड-१९ नतिजा नेगेटिभ देखिएपछि तयारी थालिएको थियो।
यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि नाका आजदेखि खुलेको जनाएको छ। मन्त्रालयले आज (अक्टोबर ४) देखि खोल्ने तयारी अनुसार नै नाका खुलेको जानकारी दिएको छ।
तर, तातोपानी नाका खोल्दा नेपाली कामदारको पीसीआर परीक्षण प्रत्येक पाँच-पाँच दिनमा गर्नुपर्ने सर्त चीनले राखेको छ। दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा नाका खोल्न दबाब परेको नेपाली पक्षले चीनको सर्त मानेको जानकारी दिएको छ।
" /> काठमाडौं। गत असार १५ गते सिन्धुपाल्चोकको जम्बु बजारमा पहिरो गएदेखि बन्द भएको चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी सञ्चालनमा आएको छ।तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले आजदेखि नाका खुलेको जानकारी दिए।

">