बुधबारदेखि रोकिएको श्रम स्वीकृति आजदेखि पुनः सुरू
<p>काठमाडौं। गत साताको बुधबारदेखि रोकिएको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम पुन:सुरू भएकाे छ। </p>
<p>वैदेशिक रोजगार कार्यालय ताहाचलमा एक कर्मचारीलाई कोरोना देखिएपछि रोकिएको सेवा आजदेखि सुरु भएको हो।</p>
<p>वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकामणि नेउपानेले आजदेखि कार्यालय खुलेको जानकारी दिएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्