काठमाडौं। कोरोना महामारीका कारण सिर्जित लकडाउन र निषेधाज्ञाको सबैभन्दा ठूलो मारमा पर्ने क्षेत्र हो अटोमोबाइल।
कोरोना दुस्प्रभावकै कारण अर्थतन्त्र शिथिल भएपछि अटोमोबाइल क्षेत्र सुस्ताएको थियो।
डेलिभरीका लागि तयार भएका गाडीहरूको बुकिङ पनि धमाधम रद्द हुन थालेपछि अटोमोबाइल व्यवसायीहरू आत्तिएका थिए।
गत असारतिर अटोमोबाइलको ‘सेकेण्ड ह्याण्ड’ मार्केट जुर्मुराएको थियो। कतिपय सवारी धनीहरूले सस्तो मूल्यमा नै आफ्नो सवारी बिक्री गर्न थालेपछि दुई पाङ्ग्रेबाट चार पाङ्ग्रे सवारी र सस्तो मूल्यका सवारी प्रयोग गरिरहेकाहरूले मध्यमस्तरका सवारीमा स्तरोन्नति गर्ने अवसरको रूपमा पनि त्यसलाई प्रयोग गरे।
तर, अटोमोबाइलको शो-रूम भने ब्राण्ड न्यू गाडी खरिद गर्न आउने ग्राहकको प्रतीक्षामै रहिरहे। भदौ लाग्दासम्म पनि अटोमोबाइल शो-रूमहरू ग्राहक शून्य जस्तै भइरहे। फाट्टफुट्ट बाहेक अटोमोबाइल्सको बिक्री हुनै सकेन।
तर, अहिले नजिकिएको दसैँलाई लक्षित गरेर कोरोनाले शिथिल बनाएको अटोबजारलाई मुर्झाउने प्रयासमा व्यवसायीहरू लागेका छन्।
सबैजसो अटोमोवाइल डिलरले चाडपर्वको अवसरमा बम्पर उपहारको योजना ल्याएर विगत ६ महिना यताको गाडी बिक्रीको ठप्प अवस्थालाई ब्रेक गर्न खोजेका छन्।
चार पाङग्रे सवारीका डिलर कम्पनीहरू हुन्डाई, फोर्ड, रेनल्ट, टाटालगायतका विभिन्न अटोमोबाइल कम्पनीले दसैँ अफर ल्याएका छन्। तर, केही कम्पनीहरूले भने अफरमा खासै ध्यान दिएका छैनन्।
नेपालमा महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपका ब्रान्ड म्यानेजर रन्जित क्षेत्रीले अफर नहुँदै गाडी डेलिभरी गर्न भ्याईनभ्याई भएकाले दसैँ विशेष अफरको बारेमा अहिलेसम्म कुनै योजना नबनेको बताए।
“माग नहुने कम्पनीले विभिन्न अफर ल्याएका छन्,” उनले भने, “तर, हामीलाई अफर बिना नै धेरै अर्डर छन्। त्यसैमा व्यस्त छौं। अहिलेसम्म अफरको बारेमा कुरा भएको छैन। तर, यसको मतलब अफर आउने सम्भावना नै नभएको भने होइन।”
तर, नेपालीका दुई महान् चाड दसैँ र तिहारमा प्रायः सबै कर्पोरेट हाउसले अफरसहितको पोलिसी बनाउने पुरानै प्रचलन हो। त्यसमा पनि अटोमोबाइलको क्षेत्रमा कोरोना महामारीका बाबजुद पनि यसपालि धेरै कम्पनीले विभिन्न अफर ल्याएका छन्।
फोर्ड मोटर कम्पनीको नेपालमा आधिकारिक बिक्रेता जिओ फोर्डले ‘फोर्ड फेस्टिभ’ अफर ल्याएको छ। यो अफरअन्तर्गत उपभोक्ताले नगद छुट, कर र एक वर्षको बीमा शुल्कमा छुट पाउनेछन्। जसमध्ये ग्राहकले कुनै एउटा अफर छनोट गर्न पाउनेछन्।
यो अफरमा स्क्र्याच कार्ड, ६ महिना ईएमआई होल्ड लगायतका योजना पनि समावेश गरिएको जिओफोर्डका ब्राण्ड मेनेजर पङ्कज यादवले जानकारी दिए।
त्यस्तै, हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यसपालिको दसैँ तिहार, वेलकम टू हुन्डाई परिवार’ अफर ल्याएको छ।
सेप्टेम्बर २१ देखि नोभेम्बर २० सम्म लागू हुने यो अफरमा दुई भाग्यशाली विजेताले हुन्डाई औरा र ग्राण्ड आई १० एनआईओएस जित्न सक्नेछन्। यसमा एक वर्षको बीमा शुल्कमा छुट, नगद छुट, स्क्र्याच कार्ड, कर छुट, चार वर्षे निःशुल्क सर्भिस लगायतका उपहार जित्न सक्नेछन्।
त्यस्तै, टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘टाटा मोटर्स-दसैँ अफर’ ल्याएको छ। यो योजनाअन्तर्गत उपभोक्ताले नयाँ टाटा कार खरिद गर्दा चार लाखसम्मको नगद छुट प्राप्त गर्नेछन् भने एक्सचेन्जमा ५० हजारसम्म बोनस पाउनेछन्।
" /> काठमाडौं। कोरोना महामारीका कारण सिर्जित लकडाउन र निषेधाज्ञाको सबैभन्दा ठूलो मारमा पर्ने क्षेत्र हो अटोमोबाइल।कोरोना दुस्प्रभावकै कारण अर्थतन्त्र शिथिल भएपछि अटोमोबाइल क्षेत्र सुस्ताएको थियो।

">