काठमाडौं। विराटनगर विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गरिने भएको छ।
संघ र प्रदेश १ सरकारबीच साझेदारी अवधारणा अन्तर्गत सो विमानस्थलको पूर्वाधार विकासका लागि आज समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा बिराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्रमणि पोखरेल, प्रदेश सरकारका तर्फबाट उद्योग, वन, वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र नागरिक उड्ड्यन प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलबीच विमानस्थल स्तरवृद्धिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।
आज भएको सम्झौता अनुसार विमानस्थलको धावनमार्गको लम्बाई तीन हजार मिटरसम्म विस्तार गरिनेछ।
त्यस्तै जग्गा अधिग्रहणमा हुने खर्चको प्रदेश सरकारले ४० प्रतिशत , विराटनगर महानगरपालिकाले १० र नेपाल नागरिक उड्ड्यन प्राधिकरणले ५० प्रतिशत लागत साझेदारी गर्ने सहमति बनेको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ।
" /> काठमाडौं। विराटनगर विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गरिने भएको छ।संघ र प्रदेश १ सरकारबीच साझेदारी अवधारणा अन्तर्गत सो विमानस्थलको पूर्वाधार विकासका लागि आज समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

">