एजेन्सी। फेसबुक, इन्टाग्राम र ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रयोग गर्ने महिलाहरूमध्ये ६० प्रतिशतले उत्पीडन भोगेको तथ्य सार्वजनिक भएको छ।
प्लान इन्टरनेसनलको महिला समानता समूहले गरेको एक अध्ययनले अनलाइनमा यसरी महिलामाथि हुने उत्पीडनका कारण झण्डै २० प्रतिशतले सामाजिक सञ्जाल नै छाड्ने गरेको वा यसको प्रयोग न्यूनीकरण गरेको जनाएको छ।
Girls and young women globally are calling for urgent action from the world’s major social media platforms, as abuse and harassment drives them off Facebook, Instagram and Twitter #FreeToBeOnlinehttps://t.co/F7HOCDA9BV
— Plan International (@PlanGlobal) October 4, 2020
महिलाप्रति लक्षित सबैभन्दा बढी उत्पीडन फेसबुकमा हुने गरेको छ। विश्वभर महिलाहरूबीच गरिएको सर्वेक्षणमा ३९ प्रतिशत फेसबुक प्रयोगकर्ता महिलाहरूले आफूलाई अनलाइनमार्फत् उत्पीडन भएको जनाएका छन्। त्यस्तै, इन्ट्राग्राममा २३ प्रतिशतले, ह्वाट्स् एपमा १४ प्रतिशतले, स्न्याप च्याटमा १० प्रतिशले, ट्वीटरमा ९ प्रतिशतले र टिकटकमा ६ प्रतिशतले यसरी अनलाइन उत्पीडन भोगेका छन्।
विश्वभर कोभिड–१९ का कारण अनलाइनको प्रयोग बढेको अवस्थामा यसरी महिलाको आवाज झन् दबाइएको र उनीहरूमाथि उत्पीडन भएको जनाइएको छ। यस मुद्दालाई तत्काल सम्बोधन गर्न अध्ययनकर्ताहरूले सामाजिक सञ्जाल कम्पनीलाई तथा अनलाइन उत्पीडनसम्बन्धी कडा कानून बनाउन सरकारहरूलाई आग्रह गरेको छ।
अध्ययनले सामाजिक सञ्जालमा उजुरी दिने सुविधा प्रभावकारी नभएको निष्कर्ष पनि निकालेको छ। विशेषतः भद्दा सन्देश, पोर्न फोटो र साइबर स्टकिङविरुद्ध उजुरीमा कुनै कारवाही नभएको सर्वेक्षणले देखाएको छ।
उत्पीडनमा परेकामध्ये ५० प्रतिशतले शारीरिक वा यौनजन्य हिंसाको धम्की पाएको र झण्डै २५ प्रतिशतले आफूलाई भौतिक रूपमै सुरक्षित महसुस नगरेको बताएका छन्।
फेसबुक र इन्स्टाग्रामले यस्तो उत्पीडनपूर्ण सामग्री हटाउन आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने र उत्पीडन तथा बलात्कारजस्ता धम्कीलाई निरन्तर निगरानी गर्ने बताएको छ। यस्तै, ट्वीटरले भने उत्पीडन हुने सामग्री पत्ता लगाउने गरेको र प्रयोगकर्ता स्वयंले नै आफ्ना कुराकानी नियन्त्रण गर्न पाउने फिचर प्रयोगमा ल्याएको जनाएको छ।
सर्वेक्षणमा ब्राजिल, भारत, नाइजेरिया, स्पेन, थाइल्याण्ड र अमेरिकालगायत २२ देशबाट १५ देखि २५ वर्ष उमेरका १४ हजार महिलाहरू सहभागी थिए।
अल जजिरा
" /> एजेन्सी। फेसबुक, इन्टाग्राम र ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रयोग गर्ने महिलाहरूमध्ये ६० प्रतिशतले उत्पीडन भोगेको तथ्य सार्वजनिक भएको छ।प्लान इन्टरनेसनलको महिला समानता समूहले गरेको एक अध्ययनले अनलाइनमा यसरी महिलामाथि हुने उत्पीडनका कारण झण्डै २० प्रतिशतले सामाजिक सञ्जाल नै छाड्ने गरेको वा यसको प्रयोग न्यूनीकरण गरेको जनाएको छ।

">