काठमाडौं। हङकङले नेपाल एअरलाइन्सलाई दुई सातासम्म त्यहाँ उडान गर्न नदिने भएको छ।
नेपाल एअरलाइन्समार्फत् हङकङ गएका मध्ये ६ जनामा सोमबार कोरोना संक्रमण भएको पाइएपछि हङकङले दुई हप्ताको प्रतिबन्ध लगाएको द साउथ चाइना पोष्टले आफ्नो समाचारमा उल्लेख गरेको छ।
हङकङ प्रशासनले सोमबार त्यहाँ थप ११ जना कोरोना संक्रमित भेटिएको जनाएको थियो। ती संक्रमितमध्ये चारजना स्थानीय र ६ जना नेपालबाट गएका सहित सातजना विदेशी थिए। योसँगै हङकङमा कोरोना संक्रमितको संख्या पाँच हजार १२५ पुगेको छ।
विदेशबाट नेपाल र नेपालबाट विदेश जानु अघि अनिवार्य कोरोनाको ‘नेगेटिभ’ देखाउनु पर्ने भए पनि नेपालबाट हङकङ गएका ६ जनामा कोरोना संक्रमण रहेको पाइएको थियो। यसैकारण हङकङले नेपाल एअरलाइन्स माथि कारबाही गरेको हो।
नेपालबाट हङकङ पुगेका संक्रमित चारजना महिला र दुईजना पुरुष रहेका छन्। उनीहरूको उमेर ३० देखि ७२ वर्ष रहेको छ।
उनीहरू सबै अक्टोबर ३ का दिन नेपाल एअरलाइन्सको फ्लाइट ‘आरए४०९९’ मा हङकङ गएका थिए।
हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सन्स कम्युनिकेवल डिजिज् ब्रान्चका प्रमुख चुवाङ सुक–क्वानले नेपाल एअरलाइन्सले लापरबाही गरेका कारण ‘५९९ एच प्रिभेन्सन् एण्ड कन्ट्रोल अफ डिजिज् रेगुलेसन’ अन्तर्गत कारबाही गरिएको जनाएका छन्।
नेपाल एअरलाइन्सको उडानलाई अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाइएको उनले जनाएका छन्।
" /> काठमाडौं। हङकङले नेपाल एअरलाइन्सलाई दुई सातासम्म त्यहाँ उडान गर्न नदिने भएको छ।नेपाल एअरलाइन्समार्फत् हङकङ गएका मध्ये ६ जनामा सोमबार कोरोना संक्रमण भएको पाइएपछि हङकङले दुई हप्ताको प्रतिबन्ध लगाएको द साउथ चाइना पोष्टले आफ्नो समाचारमा उल्लेख गरेको छ।

">