काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयरको बाँडफाँड आज भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले २ लाख ७३ हजार जनालाई गोलप्रथाद्वारा १० कित्ताको दरले सेयर बाँडफाँड गरेको छ।
कम्पनीको आईपीओमा ७ लाख ९६ हजार ७३४ जनाको २ करोड १४ लाख ३९ हजार ३७० कित्ता आवेदन परेको थियो। जसमध्ये ४८ लाख ६४० कित्ता आवेदन रद्ध भएको एनआइबिएल एस क्यापिटलले बताएको छ।
बाँकी रहेका ७ लाख ९४ हजार ५४६ जनामध्ये २ लाख ७३ हजारले मात्र १० कित्ताको दरले सेयर पाएका छन्। ५ लाख २३ हजार ७ सय ३४ जनाले भने पाएनन्।
कम्पनीले असोज ११ देखि १४ गतेसम्म सर्वसाधारणलाई २७ लाख ३० हजार कित्ता सेयर बिक्री खुल्ला गरेको थियो।
कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। जसमध्ये १ लाख २० हजार कित्ता सेयर कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागी छुट्याइएको थियो।
बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए।
कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रूपैयाँ पुग्नेछ।
" /> काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयरको बाँडफाँड आज भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले २ लाख ७३ हजार जनालाई गोलप्रथाद्वारा १० कित्ताको दरले सेयर बाँडफाँड गरेको छ।कम्पनीको आईपीओमा ७ लाख ९६ हजार ७३४ जनाको २ करोड १४ लाख ३९ हजार ३७० कित्ता आवेदन परेको थियो। जसमध्ये ४८ लाख ६४० कित्ता आवेदन रद्ध भएको एनआइबिएल एस क्यापिटलले बताएको छ।

">