काठमाडौं। नेपाल व्यावसायिक बाख्रापालक महासंघले काठमाडौं उपत्यकाका लागि ३० हजार वटा खसी तयारी अवस्थामा रहेकाे जनाएकाे छ।
“गत वर्ष ४५ हजार वटासम्म खसी काठमाडौं उपत्यका पठाएका थियौं”, महासंघका अध्यक्ष श्यामकुमार पोखरेल देखापढीसँग भने, “यो वर्षलाई मागअनुसार ३०-३५ हजारसम्म खसी पठाउन सक्छौं।”
उनले आपूर्ति मन्त्रालय र पशुसेवा विभागलाई पनि यही जानकारी दिएको बताए।
त्यसरी उपत्यका पठाउने खसीको मूल्य अहिलेसम्म निर्धारण भइसकेको छैन। अबको केही दिनमा जिउँदो खसीको प्रतिकिलो मासुको मूल्य निर्धारण गरेर उपत्यका पठाउने बताइएको छ।
सरकारले ल्याउने खसीबोकाको संख्या घट्यो
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने खसीबोकाको संख्या घटाएको छ। कम्पनीले सुरुमा उपत्यकाका लागि भनेर खसी र च्याङ्ग्रा गरेर तीन हजार वटा ल्याउने बताएको थियो।
कम्पनीले सुरुमा ६ करोड रूपैयाँ खर्चिएर १६ सय वटा खसी र १४ सय वटा च्याङग्रा ल्याउने तयारी थालेको थियो। तर, आफ्नो पूर्वयोजनाबाट पछि हटेर कम्पनीले २ हजार वटामात्रै खसी र च्याङ्ग्रा ल्याउने भएको छ।
कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले एक हजार खसी र एक हजार च्याङ्ग्रा ल्याउने निर्णय भएको बताइन्। उनले भनिन्, “पछि माग बढेको अवस्थामा यो संख्यालाई थपेर तीन हजार पुर्याउन पनि सकिन्छ।”
उनले खाद्य कम्पनीले उपत्यकाको माग धान्न नभई मूल्य सन्तुलनमा राख्न खसीबोका ल्याउने गरेको जानकारी दिइन्। भनिन्, “हामीले सस्तो मूल्य निर्धारण गरेपछि व्यवसायीहरुले समेत मूल्य घटाउन बाध्य हुन्छन्।”
" /> काठमाडौं। नेपाल व्यावसायिक बाख्रापालक महासंघले काठमाडौं उपत्यकाका लागि ३० हजार वटा खसी तयारी अवस्थामा रहेकाे जनाएकाे छ।“गत वर्ष ४५ हजार वटासम्म खसी काठमाडौं उपत्यका पठाएका थियौं”, महासंघका अध्यक्ष श्यामकुमार पोखरेल देखापढीसँग भने, “यो वर्षलाई मागअनुसार ३०-३५ हजारसम्म खसी पठाउन सक्छौं।”

">