काठमाडौं। सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा भनेका थिए, “आगामी आर्थिक वर्षको पहिलो महिना (साउन)बाट काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने छ।” चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सकिन लागेको छ तर, मेलम्ची खानेपानी आयोजनाको पानी अझै कम्तीमा चार महिना काठमाडौं ल्याउन सकिने अवस्था छैन।
दन्त्य कथा जस्तो बनेको मेलम्ची खानेपानी आयोजनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले २१ असोजमा मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीहरुलाई आफ्नै निवास बालुवाटारमा बोलाएर व्रिफिङ लिएका छन्। मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीहरूले आगामी माघ महिनाको दोस्रो सातासम्ममा काठमाडौंमा पानी वितरण गर्न सक्ने गरी काम अघि बढाइएको जानकारी प्रधानमन्त्रीलाई गराएका छन्।
मेलम्ची सुरूङको अडिट गेट कसरी भत्कियो र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिनका लागि के–के तयारी गरिएको छ भनेर आयोजनाका पदाधिकारीहरुलाई प्रधानमन्त्रीले सोधेका थिए। त्यस बाहेक मेलम्चीको ठेक्कामा पटक-पटक ठेकेदार परिवर्तन भएको विषयमा निकै चासोपूर्वक छलफल गरेको आयोजनाका एक पदाधिकारीले देखापढीलाई जानकारी दिए। 'मेलम्चीको सुरुङमा एउटा दुर्घटना भइसकेको छ। आगामी दिन त्यस्ता दुर्घटना निम्तन नदिने गरी काम गर्नुस्। आवश्यक परे विदेशी विज्ञ ल्याएर भए पनि सुरूङको परीक्षण गराउनुहोस्,' प्रधानमन्त्रीको भनाइ उधृत गर्दै आयोजनाका एक पदाधिकारीले बताए।
मेलम्ची आयोजनाप्रति जनतामा वितृष्णा उत्पन्न भइसकेकाले आगामी दिनमा समस्या नदोहोर्याउन प्रधानमन्त्रीले सचेत गराए।
मेलम्ची आयोजनाप्रति जनतामा वितृष्णा उत्पन्न भइसकेकाले आगामी दिनमा समस्या नदोहोर्याउन पनि प्रधानमन्त्रीले सचेत गराएको ती अधिकारीले बताए। ''यसै ढिलो भएको छ। हतार गरेर दुर्घटना निम्त्याउने अवस्था नआओस्। कन्फिडेन्सका साथ काम सम्पन्न गर्नुस् भन्नुभएको छ,'' ती पदाधिकारीले भने।
हुन त मेलम्चीको मुख्य सुरूङ मार्ग परीक्षणको लागि भनेर २१ असारबाट सुरूङमार्ग भित्र पानी बगाउन थालिएको थियो। त्यसको २० दिनमा सुरूङ पानीले सुरूङ मार्गको परीक्षण गर्ने योजना थियो। तर, सुरूङ पानी भरिँदै जाँदा ३० असारमा सुरूङ मार्गभित्रको गेट भत्किँदा दुईले ज्यान गुमाए भने दुई जनाको अहिले पनि उपचार भइरहेको छ। पानीको बहाव धान्न नसकेर अम्बाथानस्थित १७ नम्बरको अडिट टनेलको गेट फुस्किएको थियो। सुरूङ परीक्षणको क्रममा उक्त अडिट गेट नभत्किएको भए अहिलेसम्म सुरूङको परीक्षण सकिएर मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने अवस्थामा आयोजना पुगिसकेको हुन्थ्यो।
लगत्तै खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन गरेको थियो। उक्त प्राविधिक समितिले अडिट टनेलको गेट बाहिर खुल्ने बनाएको र पानीको बहावले धकेल्दा गेट फुस्केको निष्कर्ष सहितको प्रतिवेदन दिएको थियो।
मेलम्ची खानेपानी आयोजनामा करीब २७ किलोमिटर लामो सुरूङमा चार वटा अडिट गेट छन्। अहिले सुरूङमार्ग भित्रको सबै अडिट गेट मर्मतको काम भइरहेको छ। “अहिले सबै गेट मर्मतको काम भइरहेको छ। आगामी मंसिर पहिलो हप्तामा पहिलेकै अवस्थामा पुग्छौं,” मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले भने, “मंसिरमा सुरूङमा पानी बगाएर परीक्षण गर्न सकिन्छ।”
“अब बाहिरबाटै अडिट गेट खोल्न र बन्द गर्न मिल्ने गरी सुधार गरिरहेका छौं। चारवटै गेटको मर्मत आगामी मंसिरसम्ममा सकिन्छ भन्ने आकलन छ।”
यस अघि अडिट गेट बनाउँदा गेट भित्रबाट बन्द गर्नुपर्ने गरी बनाइएको थियो। सबै गेट बन्द गरेपछि बाहिर निस्कन समस्या हुन्थ्यो। अहिले त्यही त्रुटि सच्च्याउने काम भइरहेको श्रेष्ठले बताए। “अब बाहिरबाटै अडिट गेट खोल्न र बन्द गर्न मिल्ने गरी सुधार गरिरहेका छौं। चारवटै गेटको मर्मत आगामी मंसिरसम्ममा सकिन्छ भन्ने आकलन छ।”
चारवटा गेट मर्मतको लागि आवश्यक सबै सामग्री आगामी १० दिन भित्रमा ल्याइसक्ने प्रतिबद्धता कन्ट्रयाक्टर कम्पनीले गरेको श्रेष्ठले बताए। ती सामग्री खरिदका लागि करीब ४० लाख रूपैयाँ खर्च लागेको उनले बताए।
मंसिरमा सुरूङ मार्गको परीक्षण गरेर माघको दोस्रो हप्तामा मेलम्चीको पानी काठमाडौं ल्याउने गरी नयाँ सेड्युल बनाएर मेलम्ची खानेपानी आयोजनाले काम गरिरहेको छ।
नियमित रूपमा काम गर्न सक्दा आगामी वैशाखसम्ममा मेलम्ची आयोजनाको सबै काम पूरा हुने अवस्थामा रहेको श्रेष्ठले बताए। अडिट गेट मर्मत बाहेक हेड वर्क्सको काम मात्रै बाँकी छ। हेड वर्क्स सुरूङ मार्गमा पानी छिराउने स्थायी संरचना हो। गत असारमा डाइभर्सनमार्फत मेलम्चीको पानी सुरूङमा हालिएको थियो। अहिले हेड वर्क्सको काम करीब ८० प्रतिशत सम्पन्न भएको छ।
कोरोना महामारीको कारण काम नरोकिएमा आगामी बैशाखसम्मा हेड वर्क्सको काम सकेर त्यहीबाट सुरूङमार्गमा पानी बगाउन सकिने उनले बताए।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा सुचीकृत मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा करिब ५८ हजार परिवारलाई खानेपानी उपलब्ध गराउने योजना सहित दुई दशक अघि निर्माण सुरू गरिएको थियो। त्यतिबेला पाँच वर्षमा पूरा गर्ने उद्देश्यसहित थालिएको आयोजना २० वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन।
" /> काठमाडौं। सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा भनेका थिए, “आगामी आर्थिक वर्षको पहिलो महिना (साउन)बाट काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने छ।” चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सकिन लागेको छ तर, मेलम्ची खानेपानी आयोजनाको पानी अझै कम्तीमा चार महिना काठमाडौं ल्याउन सकिने अवस्था छैन।दन्त्य कथा जस्तो बनेको मेलम्ची खानेपानी आयोजनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले २१ असोजमा मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीहरुलाई आफ्नै निवास बालुवाटारमा बोलाएर व्रिफिङ लिएका छन्। मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीहरूले आगामी माघ महिनाको दोस्रो सातासम्ममा काठमाडौंमा पानी वितरण गर्न सक्ने गरी काम अघि बढाइएको जानकारी प्रधानमन्त्रीलाई गराएका छन्।

">