काठमाडौं। भीमदत्तनगर कञ्चनपुरमा कस्तुरी घर देख्ने वित्तिकै धेरैको ध्यान तान्छ। नतानोस् पनि किन ! हामीले उखान पनि त सुन्दै आएकै छौं, कस्तुरीको।
कस्तुरीले आफूसँग भएको बिनाको गन्ध बुझ्न नसक्दा गन्ध खोज्दै वन जंगल दौडिन्छ भन्ने कुरा नसुन्ने सायदै कोही होला। कस्तुरी आफ्नै बिना गन्ध कहाँबाट आइरहेको छ भन्ने थाहा नपाएर जङ्गल-जङ्गल दौडिएजस्तै कतिपय नेपाली आफ्नै महत्व बुझ्न नसकेर अनि पेरिफेरिको अवसर हेक्का राख्न नसकेर भट्किएका दृष्टान्तहरू प्रशस्तै छन्। तर, कञ्चनपुरका केही युवा भने त्यही कस्तुरीकै खोजीमा लागेका छन्, 'कस्तुरी घर' मार्फत।
“कस्तुरी घर भनेको कृषि व्यवसायिक घर हो। यसले परम्परागतरूपमा बनिरहेका सामान र गाउँठाउँमा रहेका वस्तुहरुको बजारीकरण गर्छ। समुदायमा परम्परागत रुपमा बनाइने उत्पादनहरूलाई हामीले वैज्ञानिक कारण वा अन्य प्रकारले भ्याल्यू क्रियसन गरेर ग्राहक समक्ष पुर्याउने उद्देश्य हो, ” कस्तुरी घरकी प्रबन्धक मनिषा खड्काले भनिन्।
मनिषासहित मनोज जोशी र योगेश जोशी मिलेर २ महीनाअघि कस्तुरी घर शुरू गरेका हुन्। विभिन्न स्थानमा पुग्दा परम्परागतरूपमा बनिरहेका थुप्रै सामानहरूले उनीहरूको ध्यान तानेकै थियो। तर, ती सामानले उचित मूल्य नपाएको थाहा पाउँदा भने उनीहरूलाई नरमाइलो लाग्यो।
परम्परागतरूपमा बनिरहेका सामानलाई मूल्यवान बनाउने सोचिरहेका उनीहरूले ढिला गर्न नहुने ठानेर लकडाउनकै बीचमा काम थाले।
“यो समयमा वाह्य उत्पादनमा धेरै निर्भर रहेको विषय पनि बुझ्यौं। महामारीका कारण आयात ठप्प प्राय: हुँदा कति सामान पाइरहेको छैन। तर, कति सामान हाम्रै नेपालमा उत्पादन भइरहेको हुन्छ। पहाडी र दुर्गम क्षेत्रमा उत्पादन भएका त्यही सामानले भने बजार पाइरहेको हुँदैन”, कस्तुरी घरका संञ्चालक योगेश जोशी थप्छन्, “थप परिमार्जन , समयसापेक्ष बनाउने र ग्राहकको चाहना बमोजिम बनाउने विषयमा पनि छलफल गरेर अघि बढाउने गरी काम शुरू गरेका हौं।”
नेपालमा हरेक समुदामयमा कुनै न कुनै सामान उत्पादन भइरहेको पाइन्छ। परम्परागतरूपमा बनिँदै आएका ती सामानले बजार पाएने भएपछि कस्तुरीका सदस्यहरू पुग्दा उनीहरू उत्साहित भए।
अहिले कस्तुरी घरले विजय सालको ग्लास , चिउरीको साबुन बनाउने र घ्यू बनाउने तथा थारु समुदायमा बनाइने ढकियालाई बजारीकरणमा लगेको छ।
“विजय सालको काठको ग्लासको एकदमै माग भइरहेको छ। यो काठ सुदूरपश्चिम र मध्य नेपालको तराईमा पाइन्छ। जुन स्वास्थ्यवर्द्धक पनि मानिन्छ। यो कुरा त्यहाँ समुदायमा थाहा थियो र सामान पनि बनिरहेको थियो। तर, यसको बजार थिएन। हामीले अध्ययन गरेपछि थाहा भयो कि यसको ग्लासमा पानी राखेर खाँदा कब्जियत, मधुमेह र प्रेसरको बिरामीलाई फाइदा हुने रहेछ। यसमा पानी राखेर खाँदा फाइदा हुने भनेपछि धेरैले यसलाई मन पराइरहेका छन्”, अर्का सञ्चालक मनोज जोशीले बताए।
नेपालीहरूले स्थानीय उत्पादन भनेर कुरा गर्दा, खुशी हुँदा र सामान लिन राजी हुँदा आफूहरूलाई थप उत्प्रेरणा मिलेको प्रबन्धक मनिषा बताउँछिन्।
उनले भनिन्, “कतिले हामीलाई मिडियटरको रूपमा वा सामान बेच्ने रूपमा मात्र काम गर्ने हो कि भन्ने बुझ्न सक्नुहुन्छ। तर, हाम्रो उद्देश्य भनेको त एउटा प्लाटफर्म तयार गर्ने हो । रिसर्च गर्ने र यसको बारेमा जानकारी गराउने हो। किनकि, आफ्नो वरपर के कुरा छ र कसरी गर्न सकिन्छ भन्ने कुरा सबैले थाहा पाउन जरुरी छ। यसलाई मूल्यवान बनाउन आवश्यक छ। हामी यो क्षेत्रमा बढी काम गर्नेछौं। ”
कस्तुरी घरका सदस्यहरू परम्परागत सामानको कुनै वैज्ञानिक महत्व छ कि भन्ने विषयमा पनि खोजी गर्ने गर्छन्। ग्राहकको चाहना बुझेर तिनै सामानलाई कसरी परिमाार्जन गर्न सकिन्छ भन्ने विषयमा समेत समुदायमा गएर बुझाउने र सहयोग गर्ने उनीहरूको योजना छ।
“हामी नयाँ डिजाइन, नयाँ टेक्नोलोजीको प्रयोग गरेर मेहनतको फल पाउने गरी समुदायलाई प्रेरित गर्छौं। यसले आफूले सामानको मूल्य बढाउन अवश्य सहयोग गर्ने छ ”, प्रबन्धक खड्काले थपिन्।
नेपालमा मात्र नभई विदेशमा पनि यस्ता सामान बिकाउन सक्नेमा विश्वस्त छन् उनीहरू।
आफ्नो क्षमता उजागर गर्न र आफ्नै ठाउँमा उत्पादन भइरहेको सामान बजारीकरण गरेर मेहनतको फल लिन समेत मनिषाको आग्रह छ। उनी भन्छिन्,“आखिर हामी सबै नेपालका कस्तुरी किन नबन्ने ? ”
" /> काठमाडौं। भीमदत्तनगर कञ्चनपुरमा कस्तुरी घर देख्ने वित्तिकै धेरैको ध्यान तान्छ। नतानोस् पनि किन ! हामीले उखान पनि त सुन्दै आएकै छौं, कस्तुरीको।कस्तुरीले आफूसँग भएको बिनाको गन्ध बुझ्न नसक्दा गन्ध खोज्दै वन जंगल दौडिन्छ भन्ने कुरा नसुन्ने सायदै कोही होला। कस्तुरी आफ्नै बिना गन्ध कहाँबाट आइरहेको छ भन्ने थाहा नपाएर जङ्गल-जङ्गल दौडिएजस्तै कतिपय नेपाली आफ्नै महत्व बुझ्न नसकेर अनि पेरिफेरिको अवसर हेक्का राख्न नसकेर भट्किएका दृष्टान्तहरू प्रशस्तै छन्। तर, कञ्चनपुरका केही युवा भने त्यही कस्तुरीकै खोजीमा लागेका छन्, 'कस्तुरी घर' मार्फत।

">