काठमाडौँ। दुगड स्पाइसेस एन्ड फुड प्रोडक्टस प्रा.लि.ले आफूले नुनजस्तो अत्यावश्कीय वस्तुमा कालोबजारी गर्ने उद्देश्यले उत्पादन थालेको भन्ने समाचार भ्रामक भएको भन्दै स्पष्टीकरण दिएको छ।
उक्त कम्पनीले आज एक प्रेस विज्ञप्ति निकाल्दै आफूले नयाँ प्रविधिको पुनर्प्रयोग गर्न मिल्ने, वर्षौँसम्म नबिग्रने टेबुल साल्टको उत्पादन गर्न लागेको र यसमा कुनै कालोबजारी नभएको बताएको छ।
“उद्योग विभागबाट मसला र स्न्याक्स उत्पादन गर्ने अनुमति पाएको यस उद्योगले नुन पनि मसाला वर्गमै पर्ने भएकाले स्वतः अनुमति पाइसकेको” बताएको छ। आफ्नो उत्पादनमा नुन प्रयोगका लागि नेपाल सरकारबाट नुन बिक्री गर्न एकाधिकार प्राप्त साल्ट ट्रेडिङ कर्पोरेशनबाट नुन खरिद गरी प्रयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
टेबल साल्टलाई सुविधानजक डिब्बामा बिक्रीवितरण गर्न खोजेको र यस विषयमा साल्ट ट्रेडिङ कर्पोरेसनसँग समझदारी पत्रमा हस्ताक्षर गर्न आवश्यक तयारी भइरहेको पनि कम्पनीले जनाएको छ। “टेबुल साल्टको बहुउपयोगी बट्टाको मूल्य बढी पर्ने भएको हुनाले यस आधुनिक प्याकिङको नुन महङ्गो भएको हो, जुन नुनको मात्र मूल्य नभई प्याकिङको पनि मूल्य हो,” विज्ञप्तिमा भनिएको छ।
दुगड समूहले परीक्षण उत्पादन गरेको टेबुल साल्टको लागतमा “केवल १२ प्रतिशत मात्र नाफा राखी बजारमा बिक्री वितरण गर्ने गरी अधिकतम खुद्रा बिक्री मूल्य निर्धारण गरेको” जनाएको छ। कम्पनीले “उपभोक्तालाई एउटा छनोटको सुविधा मात्र दिने गरी यो उत्पादन ल्याइएको” पनि विज्ञप्तिमा जनाएको छ।
" /> काठमाडौँ। दुगड स्पाइसेस एन्ड फुड प्रोडक्टस प्रा.लि.ले आफूले नुनजस्तो अत्यावश्कीय वस्तुमा कालोबजारी गर्ने उद्देश्यले उत्पादन थालेको भन्ने समाचार भ्रामक भएको भन्दै स्पष्टीकरण दिएको छ।उक्त कम्पनीले आज एक प्रेस विज्ञप्ति निकाल्दै आफूले नयाँ प्रविधिको पुनर्प्रयोग गर्न मिल्ने, वर्षौँसम्म नबिग्रने टेबुल साल्टको उत्पादन गर्न लागेको र यसमा कुनै कालोबजारी नभएको बताएको छ।

">