काठमाडौं। नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री खुला गरेको छ। त्यसमध्ये तीन अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिलको बिक्री खुला गरेको हो।
राष्ट्र बैंकले १५ अर्ब २५ करोड रुपैयाँ बराबरको पुरानै ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। जसमा पाँच अर्ब २८ दिनको, आठ अर्ब ९१ दिनको र दुई अर्ब २५ करोड १९ं८२ दिनको ट्रेजरी बिल नविकरण गर्न लागेको हो। यसका लागि राष्ट्र बैंकले असोज २६ गते लिलाम बढाबढ गर्ने सूचना प्रकाशन गरेको छ।
तीन अर्ब रुपैयाँको भने आन्तरिक ऋण उठाउनको लागि बिक्री गर्न लागेको नेपाल राष्ट्र बैंकले बताएको छ। नयाँ ट्रेजरी बिल ३६४ दिनको हुनेछ।चालु वर्षको आन्तरिक ऋणअन्तर्गत उठाउन लागिएको यो पहिलो ट्रेजरी बिल हो। राष्ट्र बैंकले कात्तिक ४ गते ४ अर्बको अर्को ट्रेजरी बिल जारी गर्ने तयारी गरेको छ।
राष्ट्र बैंकले नेपाल सरकारको लाागि चालु आर्थिक वर्षमा कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण सरकारलाई उठाइदिन लागेको छ। यसमध्ये ५७ अर्ब रुपैयाँ भने कात्तिक मसान्तसम्म उठाइदिने कार्यतालिका छ।
नेपाल राष्ट्र बैंकले अहिलेसम्म विकास ऋणपत्रको माध्यमबाट ३० अर्ब रुपैयाँ नेपाल सकारका लागि उठाइदिइसकेको छ।
अब सात अर्ब ट्रेजरी बिलबाहेक कात्तिक २० गते राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र जारी गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।