काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले किसानको बचत सुनिश्चित नभएसम्म कृषि क्षेत्रको विकास नहुने बताएका छन्।
उनले ४० औं विश्व खाद्य दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै किसानको जीविकोपार्जन नभएसम्म कृषि क्षेत्रको विकास नहुने बताएका हुन्।
कृषि मन्त्रालय अन्तर्गतको कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आज आइतवार संयुक्तरूपमा कार्यक्रमको आयोजना गरेका थिए।
“बचतको अर्थ किसानलाई धेरै फाइदा दिनुपर्छ भनेको होइन। तर, उसको जीवन धान्न सक्ने हुनुपर्छ,” उनले भने, “कृषिले उसको जीवन धानेन भने कृषि पेसा छोड्छ र अन्यत्र मोडिन्छ।”
फलस्वरुपः कृषि पेसा सुनिश्चित नहुने उनको भनाइ छ। पछिल्लो समय दिगो कृषि प्रणाली अपनाउन किसानको बचत सुनिश्चित गर्ने गरी मन्त्रालयको काम गरिरहेको उनको भनाइ छ।
“हामीले किसानको तथ्यांक लिने, कृषि नीति, ऐन, नियमावली बनाउने काम गर्दै छौं। यो पक्कै पनि किसानको हितमा हुनेछ,” उनले भने।
उनले कृषि क्षेत्रलाई ४० वर्षको अवधिमा धेरै मिहेनतको साथ बिगारेको बताउँदै विदेशीबाट प्राप्त सहयोगले गर्दा कृषिमा आफ्नोपन नदेखिएको दाबी गरे। कृषिमा ३० वर्षसम्म विदेशीहरूको सहयोग रहेकाले थुप्रै विदेशी नीति र योजना लागू हुँदा नराम्रो असर परेको उनको भनाइ छ।
कृषकले बाटोमा दूध किन फ्याल्छन्? किन गोल्भेँडा गाड्छन्? भन्ने कुरा गहिरो अध्ययनको विषय भएको भुसालले बताए।
कार्यक्रममा कृषि विभागका महानिर्देशक डा. गोविन्द शर्माले कृषिलाई बचाइ राख्न चुनौती रहेको बताए। कृषि प्रणालीको विकास गरी यसमा रोजगारी सिर्जना गर्नुपर्ने बताउँदै उनले रैथाने बालीलाई प्रवर्द्धन गरेर अगाडि बढ्नुपर्ने तर्क राखे।
साताव्यापीरूपमा चल्ने विश्व खाद्य दिवस ‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ भन्ने नारासहित आजदेखि सुरू भएको हो।
कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अब खाद्य स्वच्छता मात्र होइन पोषिलो खानामा पनि जोड दिनुपर्ने बताए। उनले भने, “अब खाद्यान्न उत्पादनमा मात्र जोड नदिएर पोसिलो खाद्यान्नको उत्पादन कसरी हुन्छ त्यस कुरामा पनि ध्यान दिनुपर्छ।”
खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले कोरोना भाइरसका कारण कृषिलाई हेर्ने दृष्टिमा फरक परेको बताए। कोरोनाका कारण कृषि उत्पादनमा कमी आउने बताउँदै उनले यसलाई अवसरको रूपमा लिनुपर्नेसमेत बताए।
“खाद्यसुरक्षाका लागि रसायनिक मल, विषादीलाई नियन्त्रण गर्नुपर्छ,” उनले भने, “कोरोनाले गर्दा कृषि क्षेत्रमा निकै प्रभाव परेको छ। तर, यसलाई कृषि विकासका लागि अवसरको रूपमा पनि लिनुपर्छ।”
" /> काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले किसानको बचत सुनिश्चित नभएसम्म कृषि क्षेत्रको विकास नहुने बताएका छन्।उनले ४० औं विश्व खाद्य दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै किसानको जीविकोपार्जन नभएसम्म कृषि क्षेत्रको विकास नहुने बताएका हुन्।

">