उपत्यकाबाट म्याद गुज्रिएका खाद्यान्न बरामद
<p style="text-align: justify;">काठमाडौं। वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजो गरेको बजार अनुगमनबाट १३ हजार ७८५ रूपैयाँ बराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरेको छ।</p>
<p style="text-align: justify;">विभागको टोलीले उपत्यकाका तीन जिल्लामा गरेको अनुगमनका क्रममा म्याद सकिएका सामान बिक्री गर्न राखेको पाइएपछि नष्ट गरिएको हो।</p>
<p style="text-align: justify;">चाडपर्वलक्षित अनुगमनमा डेरी, अनलाइन पसल, भाँडापसल, खाद्यान्न, किराना, मदिरा, औषधी पसल, ब्युटिपालर समेत गरी २१ वटा पसलमा अनुगमन गरेको थियो।</p>