काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ। साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक १.७४ अङ्कले बढेको हो।
कारोबार सुरु भएदेखि बजार परिसूचक ओरालो लागे पनि बन्द हुने समयमा सम्हालिँदै १ हजार ५७८ अङ्कमा पुगेर बन्द भएको छ।
यस क्रममा आज ६८ लाख १५ हजार कित्ता सेयर कारोबार भई १ अर्ब ९४ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बजार सामान्य अङ्कले सुधारिएको दिन आज कारोबार भएका १२ मध्ये ७ समूह ओरालो लागेका छन्। यस्तै, ५ समूहमा भने सुधार आएको छ।
आज बैंक, व्यापार, होटल, विकास बैंक र वित्त समूहमा सुधार आएको हो। यस्तै, १.३७ अङ्कले सुधारिएको सेन्सेटिभ समूहको परिसूचक ३१३.१० अङ्कमा पुगेर रोकिएको छ।
हिजो १ अङ्कले घटेको सेयर बजारमा २ अर्ब ३९ करोड रूपैयाँको बराबरको सेयर कारोबार भएको थियो।
" /> काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ। साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक १.७४ अङ्कले बढेको हो।कारोबार सुरु भएदेखि बजार परिसूचक ओरालो लागे पनि बन्द हुने समयमा सम्हालिँदै १ हजार ५७८ अङ्कमा पुगेर बन्द भएको छ।

">