काठमाडौं। लकडाउनदेखि बढ्न थालेको मोबाइलको बिक्री दसैँ नजिकिएसँगै झनै बढ्न थालेको छ।
व्यापारीहरूका अनुसार यसअघि ‘अनलाइन क्लास’ ले उचालिरहेको मोबाइलको चाडबाडले ह्वात्तै बढाएको हो। लकडाउनको समयमा स्कूल तथा कलेजहरुले ‘भर्चुअल कक्षा’ शुरू गरेपछि बीचमा मोबाइलको बजार उकालो लागेको थियो।
न्यूरोडका मोबाइल व्यापारी राकेश श्रेष्ठका अनुसार दसैँको समय अघिल्ला वर्षहरूमा पनि मोबाइल फोनहरुको बिक्री बढी हुन्थ्यो।
“यो वर्ष त अनलाइन कक्षाले पनि माग बढाएको छ”, उनले भने, “लकडाउनदेखि बढेको मोबाइल बजारलाई दसैँले गोडमेल गरेको छ।”
यस्तै, ताम्राकार हाउका मोबाइल व्यापारीहरू पनि यो वर्ष मोबाइलको व्यापारले रेकर्ड राखेको बताउँछन्। माग बढ्दो रहेकाले ताम्राकार हाउसका अधिकांश पसलमा ग्राहकका रोजाइ अनुसारको मोबाइल नै पाइँदैन।
व्यापारी विनोद तामाङका अनुसार साओमी, सामसुङ, ओप्पो, भिभो, रियल्मी लगायत कम्पनीका मोबाइल फोनको स्टक सकिएको छ।
उनले नेपालका वितरकहरुको गोदाम नै खाली भइसकेको जानकारी दिँदै भने, “अहिले यी फोनहरुको स्टक छैन। तर, बजारको माग अझै रोकिएको छैन।”
मोबाइल वितरक संघ नेपालका अध्यक्ष जगत साउदले लकडाउनको समयदेखि अचानक मोबाइलको माग बढेको बताए। उनले भने, “लकडाउनले सबै आर्थिक स्रोत गुमेका कारण अन्य क्षेत्रमा जस्तै मोबाइलको बजारमा पनि व्यापार मन्दी आउने सोचेका थियौं।”
तर, आफूहरूको सोच विपरित मोबाइलको व्यापारले पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड कायम गर्न थालेको उनको भनाइ छ। मोबाइलको माग र बिक्री बढेका कारण बजारमा मौज्दात सकिएको साउदले जानकारी दिए।
अन्तर्राष्ट्रिय उडान बन्द भएपछि व्यापारीहरूले पर्याप्त मात्रामा मोबाइल भित्र्याउन सकेका छैनन्। साउदले भने, “बल्ल अन्तर्राष्ट्रिय उडान शुरू भएको छ। अब विस्तारै सबै व्यापारीहरुले हवाईजहाजमार्फत मोबाइल ल्याउन शुरू गर्छन।”
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महीना (साउन र भदौ) मा सात अर्ब ९४ करोडको मोबाइल नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा पाँच अर्ब १० करोड रूपैयाँको मोबाइल आयात भएको थियो।
मोबाइल वितरक संघका अनुसार अघिल्ला दसैँमा झण्डै एक अर्ब रूपैयाँ बराबरको मोबाइल बिक्री हुन्थ्यो। यद्यपी, अघिल्लो वर्षको तुलनामा यो वर्षको व्यापार २० प्रतिशतसम्म खुम्चिने आंकलन छ।
तर, अघिल्ला वर्षको व्यापारको तुलनामा यो वर्ष गत जेठदेखि भदौसम्म बिक्री झण्डै दोब्बरले बढेको छ।

मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले आयात भएको मोबाइल सबै सकिएको बताए।
“अघिल्लो वर्षको यही अवधिमा आयात भएको २५/३० प्रतिशत मोबाइल मौज्दात बस्थ्यो। तर, यो वर्ष गोदाम सबै रित्तिएको छ”, उनले भने, “यो वर्ष माग बढी भएकाले सबै व्यापारीको गोदाम रित्तिएको छ।”
यस्तै, चैतअघि नै आयात भएर गोदाममा थन्किएको ७०/८० करोडको मोबाइल पनि लकडाउन अवधिमा नै सकिएको छ।
" /> काठमाडौं। लकडाउनदेखि बढ्न थालेको मोबाइलको बिक्री दसैँ नजिकिएसँगै झनै बढ्न थालेको छ।व्यापारीहरूका अनुसार यसअघि ‘अनलाइन क्लास’ ले उचालिरहेको मोबाइलको चाडबाडले ह्वात्तै बढाएको हो। लकडाउनको समयमा स्कूल तथा कलेजहरुले ‘भर्चुअल कक्षा’ शुरू गरेपछि बीचमा मोबाइलको बजार उकालो लागेको थियो।

">