वान्-प्लसका सह-संस्थापक कार्ल पेई कम्पनीबाट बाहिरिए

काठमाडौं। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वान्-प्लसका सह-संस्थापक कार्ल पेई कम्पनीबाट बाहिरिएका छन्।

सुरुआतमा महँगो मूल्यका स्मार्टफोन ल्याएको वान्-प्लसले पछिल्लो समय सस्ता स्मार्टफोन निकाल्न थालेको छ।

जुलाईमा वान् प्लस नोर्ड सार्वजनिक भएपछि अर्को प्रोडक्ट सार्वजनिक नहुँदै पेईले कम्पनी छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।

वान्-प्लसको अर्को नयाँ डिभाइस वान्-प्लस ८ टी भोलि सार्वजनिक हुँदैछ।

पेईले अर्का सह-संस्थापक पेटे लौसँग मिलेर २०१३ मा वान्-प्लसको स्थापना गरेका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले नाम बाहिर नआएको अर्को छुट्टै कम्पनी स्थापनाका लागि वान्-प्लस छोडेका हुन्।

वान्-प्लसले भने यो विषयमा हालसम्म केही प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस्