काठमाडौं। दशैंको मुखैमा आइपुग्दा ब्रोइलर कुखुराको मासुले नयाँ कीर्तिमान कायम गरेको छ। कुखुराको मासुको मूल्य बढेर नभई घटेर नयाँ कीर्तिमान कायम गरेको हो।
लकडाउन खुलेलगत्तै मूल्य बढेर आकाश छुने अनुमानविपरीत कुखुराको मासु उकालो नभई ओरालो लाग्न थालेको छ। लकडाउनको समयमा उत्पादन घटेकाले व्यवसायीहरूले लकडाउनपछि मूल्य बढेर किलोको ५०० रूपैयाँसम्म पुग्ने अनुमान गरेका थिए।
तर, व्यवसायीहरूको अनुमानको ठिकविपरीत यतिबेला देशभर मासुको मूल्य प्रतिकिलो २०० रूपैयाँको हाराहारीमा आइपुगेको छ। यसअघि, निषेधाज्ञाको समयमा घटेर कुखुराको मासुको मूल्य प्रतिकिलो २३० रूपैयाँसम्म आइपुगेको थियो।
निषेधाज्ञाको समयमा प्रहरीले पसल खोल्न कडाइ गर्दा बिक्री गर्न नपाएर मूल्य घटेको थियो। अहिले मासु खाने मानिसहरूको सङ्ख्या घट्दा मूल्य घटेको ह्याचरी संघका अध्यक्ष टिका पोखरेल बताउँछन्। उनले भने, “चितवनमा ब्रोइलर कुखुराको मासुको मूल्य २०० भन्दा पनि कम छ। उपत्यकामा २१० सम्म पाइन थालेको छ।”
खास गरी, उपत्यका भएका अलिअलि मानिस पनि दसैं मनाउन घर जाँदा खपत घटिरहेको छ। साथै, देशभरका शहरी क्षेत्रका मानिसहरू पनि घर फर्कन थालेका छन्।
यस्तै, ह्याचरी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुखुराको मासु सबैभन्दा बढी खपत हुने होटल÷रेष्टुरेन्ट, क्यान्टिनलगायत क्षेत्र बन्द हुँदा घटिरहेको मासुको खपत दसैं नजिकिँदा झनै घटेको बताएका छन्।
विष्टले मासुको खपत घट्दा मूल्य पनि घट्न थालेको जानकारी दिँदै भने, “सामान्य अवस्थामा देशभर दैनिक ८ लाख किलोसम्म मासु खपत हुन्छ। उत्पादन पनि त्यही हाराहारीमा हुन्छ।” तर, यो समयमा दैनिक ५ लाख किलो मासु खपत हुन पनि मुस्किल रहेको महासंघले जानकारी दिएको छ।
खा सगरी, अहिले सातामा २५ लाख चल्ला उत्पादन भइरहेको छ। एउटा चल्लाबाट औसतमा २ किलो मासु उत्पादन हुन्छ, जसअनुसार सातामा ५० लाख किलो मासु उत्पादन हुन आउँछ।
साताको उत्पादनअनुसार देशभर दैनिक ७ लाख १५ हजार किलो मासु उत्पादन हुन्छ। तर, यो समयमा बजारमा मासुको दैनिक खपत ५ लाख किलो पनि छैन।
उत्पादनको तुलनामा खपत घट्दा मूल्य स्वतः घट्ने ह्याचरी महासंघको भनाइ छ। महासंघका अनुसार उपभोक्ता मूल्य नै किलोको २०० हाराहारीमा आउँदा किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो ११० रूपैयाँसम्म मात्रै पाउँछन्।
तर, प्रतिकिलो जिउँदो कुखुराको उत्पादन लागत १८० देखि २२० सम्म पर्न आउँछ, जुन अहिले किसानले पाइरहेकोभन्दा ९० देखि १०० रूपैयाँ सस्तो हो।
मूल्य घट्दा उपभोक्तालाई फाइदा
मासुको मूल्य दिनदिनै घट्दै जाँदा उपभोक्तालाई भने फाइदा भएको छ। कोरोना महामारीका कारण आम्दानी घटेको समयमा सस्तो मूल्यमै मासु पाइन थालेको छ।
पछिल्लो समय उपत्यकामा अन्य प्रकारका तरकारी किन्नुभन्दा मासु किन्नु नै सस्तो पर्न आउने गरेको कुखुरा व्यवसायी डा. बलराम किसि बताउँछन्। उनी भन्छन्, “मूल्य घट्दा उपभोक्तालाई फाइदा हुने नै भयो। तर, यो समयमा किसानको उत्पादन लागत पनि उठेको छैन। किसान समस्यामा छन।”
उनका अनुसार मासुको मूल्य योभन्दा घट्ने सम्भावना छैन। तर, खपतको अवस्था नबढे दसैंअघि मूल्य बढ्ने सम्भावना पनि छैन।
" /> काठमाडौं। दशैंको मुखैमा आइपुग्दा ब्रोइलर कुखुराको मासुले नयाँ कीर्तिमान कायम गरेको छ। कुखुराको मासुको मूल्य बढेर नभई घटेर नयाँ कीर्तिमान कायम गरेको हो।लकडाउन खुलेलगत्तै मूल्य बढेर आकाश छुने अनुमानविपरीत कुखुराको मासु उकालो नभई ओरालो लाग्न थालेको छ। लकडाउनको समयमा उत्पादन घटेकाले व्यवसायीहरूले लकडाउनपछि मूल्य बढेर किलोको ५०० रूपैयाँसम्म पुग्ने अनुमान गरेका थिए।

">