काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले महामारीको समयमा कम गुणस्तरीय र म्याद सकिएका खाद्यान्न सामग्री बिक्रीवितरण गर्ने छुट कसैलाई नभएको बताएको छ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै उपभोक्ता ठग्ने र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई पनि नभएको बताएको हो।
“प्रचलित कानुनविपरीतका कार्यहरू भएको भन्ने गुनासाहरू आएकोतर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,” महासंघले भनेको छ, ‘‘कहिल्यै र कहीँ कतैबाट जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुनु हुँदैन।’’
सोही कारण, कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानुनविपरीत कार्य गर्ने छुट नभएको बताइएको छ।
“यदि कहीँ कतैबाट कानुनविपरीत काम भएको रहेछ भने कानुनअनुसार कारबाहीको भागीदार हुनुपर्छ,” महासंघको भनाइ छ।
महासंघले आफ्ना जिल्ला, नगर उद्योग वाणिज्य संघमार्फत मुलुकभरका व्यवसायीहरूलाई व्यावसायिक आचारसंहिताको पूर्णपालना गर्न गराउन निर्देशनसमेत दिएको छ।
साथै, चाडवाडलक्षित गरी बजार अनुगमनको कार्यलाई तीव्रता दिनुभन्दा वर्षभरि अनुगमन जारी राख्न माग गरिएको छ।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले महामारीको समयमा कम गुणस्तरीय र म्याद सकिएका खाद्यान्न सामग्री बिक्रीवितरण गर्ने छुट कसैलाई नभएको बताएको छ।महासंघले आज एक विज्ञप्ति जारी गर्दै उपभोक्ता ठग्ने र उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई पनि नभएको बताएको हो।

">