काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘ग’ वर्गको सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई बैंकमा गाभ्ने भएको छ।
आज भर्चुअल माध्यमबाट गरिएको विशेष साधारण सभाले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० को अनुपातमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो। यसअनुसार सिटी एक्सप्रेसको १०० कित्ता शेयरबापत् नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ३० कित्ता शेयर दिने शेयर स्वाप अनुपात कायम हुनेछ।
सिटी एक्सप्रेस फाइनान्सको ४० करोडको चुक्ता पुँजी अब इन्भेष्टमेण्ट बैंकमा गाभिएपछि उक्त बैंकको चुक्ता पुँजी १४.३७ अर्ब हुने बताइएको छ। यससँगै प्रवद्र्धकको शेयर स्वामित्व ६८.४८ प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३१.५२ प्रतिशत हुने बैंकले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।
" /> काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘ग’ वर्गको सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई बैंकमा गाभ्ने भएको छ।आज भर्चुअल माध्यमबाट गरिएको विशेष साधारण सभाले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० को अनुपातमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो। यसअनुसार सिटी एक्सप्रेसको १०० कित्ता शेयरबापत् नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ३० कित्ता शेयर दिने शेयर स्वाप अनुपात कायम हुनेछ।

">