काठमाडौं। मोबाइल फोन, मेमोरी कार्डलगायत सामग्रीको अवैध कारोबार गरी राजस्व छली गर्ने कार्यमा संलग्न दुई जना व्यापारी राजस्व अनुसन्धानको फन्दामा परेको छ।
राजस्व अनुसन्धान विभागले जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिस प्रालि र श्री श्याम इ्रम्पेक्स प्रालिका सञ्चालक मोहन वंशल र गोविन्द वंशलविरूद्ध ८५ करोड ९५ लाख २२ हजार ७२७ रूपैयाँ बिगो कायम गरी आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
उनीहरूविरूद्ध भन्सार चोरी पैठारी गरेका वस्तुहरूको भुक्तानीका लागि गैरकानुनी रूपमा विदेशमा पैसा पठाई विदेशी विनिमय अपचलन गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो।
मुद्दामा निजहरूबाट बिगो बराबरको रकम असुली, त्यसको तीन गुणासम्म जरिवाना तथा ती वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ।
‘‘जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिस प्रालि र श्री श्याम इम्पेक्स प्रालिका सञ्चालक मोहन वंशल र गोविन्द वंशलले विदेशमा निर्मित मोबाइल, मेमोरी कार्डलगायतका मालवस्तुहरू पटक–पटक भन्सार नतिरी चोरी पैठारी गरी अवैध रूपमा ल्याई बिक्रीवितरण गरेको, निकासी पैठारी गर्ने फर्मले मालवस्तुको निकासी वा पैठारी गर्दा अनिवार्य भन्सार विन्दुमा मालवस्तुको घोषणा गर्ने र लाग्ने महशुल भुक्तानी गरी निकासी पैठारी गर्नुपर्ने कानुनी व्यवस्थाविपरीत कार्य गरेको पाइयो,’’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विभागले थप भनेको छ, ‘‘यस्ता मालवस्तु तेस्रो मुलुकबाट नेपालभित्र ल्याउँदा विदेशी मुद्रा भुक्तानी नगरी ल्याउन नसकिने देखिँदा ठूलो मात्रामा विदेशी मुद्रा गैरकानुनी तवरले विदेश पठाई विदेशी विनिमय अपचलन गरेको हुँदा चोरी पैठारी गरेको मालवस्तुको मूल्य ८५ करोड ९५ लाख २२ हजार ७२७ रूपैयाँ बराबरको रकम विदेश पठाई विदेशी विनिमय अपचलन कसूर गरेको देखिँदा उक्त बिगो रकम प्रतिवादीबाट असुल उपर गर्न, बिगोको तीन गुणासम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको मागदाबी गरिएको छ।’’