काठमाडौं। भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याबिन कोठा) बनाएर सामान चोरी पैठारी गर्ने व्यक्तिहरूविरूद्ध साढे २१ करोड रूपैयाँभन्दा बढीको बिगोसहित मुद्दा दर्ता भएको छ। राजस्व अनुसन्धान विभागले कूल २१ करोड ६० लाख ४९ हजार ७३१ रूपैयाँ बिगो कायम गरी आज उच्च अदालत पाटनमा दुई वटा मुद्दा दर्ता गरेको हो।
विभागले दर्ता गरेको पहिलो मुद्दामा भारतीय ट्रक यूपी ३२ डीएन ९३४७ मा फल्स बटम बनाई रजनिशकुमार गुप्ता र राजु थापा भन्ने राजेन्द्र थापासमेत नौ जनाले भन्सार चोरी पैठारी गरी १३ करोड ८३ लाख एक हजार ५५३ रूपैयाँ राजस्व चुहावट गरेको उल्लेख छ। गुप्ता र थापासमेतले भारतबाट भन्सार जाँचपासको लागि मालवस्तु लिई आउने ट्रकको फल्स बटमभित्र भारतीय कपडाहरू लुकाई छिपाई चोरी पैठारी गरी राजस्व चुहावट तथा छली गरेको विभागको दाबी छ।
पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर ठेगाना भएका गुप्तासँग भारतीय परिचयपत्रसमेत रहेको खुलेको छ। अर्का प्रतिवादी थापा खैरहनी नगरपालिका–३ चितवनका स्थायीबासी हुन्।
मालवस्तु ढुवानीकर्ता विद्या रोडलाइनका सञ्चालक आशिषकुमार गुप्ता, ट्रक चालक मोहम्मद अथर र ढुवानी भई आएको मालवस्तु बुझि सम्बन्धित पार्टीसम्म पुर्याउने कार्यमा संलग्न लर्ड बुद्ध कुरियर्सका सञ्चालकहरू नवराज तिमिल्सेना, सुमन खतिवडा, सरोज राउत र गोकुलराज महतसमेतलाई मुद्दामा प्रतिवादी बनाइएको छ।
उनीहरूबाट बिगो बराबरको रकम असुली, जरिवाना तथा कैदका साथै बरामद कपडा र ट्रक जफत गर्न विभागले मागदाबी गरेको छ।
यसैगरी आजै दर्ता गरिएको अर्को मुद्दामा ना १ ख ५२५८ नम्बरको सिमेन्ट बोकेर आएको ट्रकमा विना बिल विजकका भारतीय कपडाहरू लुकाई छिपाई भन्सार चोरी पैठारी गरी सात करोड ७७ लाख ४८ हजार १७८ रूपैयाँ राजस्व चुहावट गरेको विभागले उल्लेख गरेको छ। उक्त मुद्दाका मुख्य अभियुक्त पनि रजनिशकुमार गुप्ता र राजु थापा रहेका छन्।
उक्त कार्यमा संलग्न ट्रक चालक तथा धनी बाबुराम रसाईली, काठमाडौंमा मालवस्तु बुझी हिसाबकिताब तथा व्यवस्थापन गर्ने विष्णुकुमार कार्की र काठमाडौंमा पसल सञ्चालन गरी उक्त कार्यमा सघाउने रञ्जितकुमार गुप्तासमेत पाँच जनालाई समेत मुद्दामा प्रतिवादी कायम गरिएको छ।
विभागले प्रतिवादीहरूबाट बिगो बराबरको रकम असुली, जरिवाना तथा कैद सजायका साथै बरामद ट्रक तथा कपडा जफत गर्न मागदाबी गरेको छ।