काठमाडौं। लगातार दुई दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज बिहीबार बढेको छ।
सेयर बजार आजमंगलबार र बुधबारको गिरावट रोकिँदै १.२९ अंकले सम्हालिएको हो।
एक अंकको सुधार आएको नेप्से परिसूचक एक हजार ५६२ अंकमा पुगेर बन्द भएको हो।
यसक्रममा ४९ लाख ९४ हजार कित्ता सेयर किनबेच भइ एक अर्ब ४२ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से परिसूचक सामान्य अंकले बढे पनि आज कारोबार भएका १२ मध्ये पाँच समूहमा मात्रै सुधार आएको छ।
ती बाहेक अन्य सात समूहमा भने गिरावट आएको छ।
आज बैंक, व्यापार, जलविद्युत्, अन्य र म्युचुअल फण्ड समूह सुधारिएका हुन्।
यी बाहेक होटल, विकास बैंक, वित्त, निर्जीवन बीमा कम्पनी, उत्पादनमुलक, लघुवित्त र जीवन बीमा समूह भने घटेका छन्।
आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको सपथ खाएको दिन नेप्सेमा सामान्य अंकको सुधार आएको हो।
यसअघि परिसूचक हिजो बुधबार ७ र मंगलबार ९ अंकले घटेको थियो।
" /> काठमाडौं। लगातार दुई दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज बिहीबार बढेको छ।सेयर बजार आजमंगलबार र बुधबारको गिरावट रोकिँदै १.२९ अंकले सम्हालिएको हो।

">