काठमाडौं। ललितपुर महानगरपालिका सुनाकोठी-२७ का तीन महिलाहरूले जग्गा भाडामा लिएर सयपत्री फूलको खेती सुरू गरेका छन्। सयपत्री फूलको खेती गर्ने तीनमध्ये दुई एकल महिला हुन्।
विश्वव्यापी महामारीका कारण देशमा पूर्ण लकडाउन जारी रहँदा उनीहरू भने रातदिन नभनी फूल खेतीबाट व्यवसायी बन्ने सपना सजाइरहेका थिए।
उनीहरूले यही वर्षको असार महिनादेखि झण्डै १० लाख रूपैयाँको लगानीमा सुनाकोठीमा जग्गा भाडामा लिएर फूल खेती सुरू गरेका छन्। एकल महिलाहरू सबिता महर्जन र प्रेमकुमारी महर्जन तथा स्थानीय महिला बिनु महर्जनले संयुक्तरूपमा खेती सुरू गरेका हुन्।
५ रोपनी जग्गा प्रतिरोपनी वार्षिक ४० हजार रूपैयाँ भाडामा लिएर उनीहरूले एक हजार ८०० वटा सयपत्री फूलका बिरूवा लगाएका छन्।
र, यतिबेला ती फूलका बोटले उत्पादनसमेत दिन थालेको छ। हालसम्म उनीहरूले झण्डै २० हजार रूपैयाँको फूल बेचेका छन्। यसका साथै नजिकिँदै गरेको दसैं तथा तिहारमा राम्रो आम्दानी गर्ने लक्ष्य उनीहरूको छ।
बजार सम्भावना अध्ययन नगरी लगानी
देशमा कोरोना भाइरसको कहर चलिरहँदा उनीहरूमा एकाएक फूल खेती गरेर व्यवसायी बन्ने योजना दिमागमा आयो। ललितपुर जिल्ला एकल महिला समूहकी अध्यक्ष सबिता महर्जन र सचिव प्रेमकुमारी महर्जनले योजना बुने।
योजनामा सामेल भइन् स्थानीय बिनु महर्जन। दुईजनाले बुनेको सपनामा अर्की महिला जोडिएपछि तीनजनाको समूह बन्यो। र, तीन महिलाहरूको समूहलाई सहयोग गरे बिनुका श्रीमानले।
फूल खेतीमा १० लाख रूपैयाँको लगानीमा फूल खेती सुरू गरे पनि बजारको सम्भावना र बिक्री स्थानबारे उनीहरूलाई जानकारी थिएन।
तर, प्रतिगोटा २६० रूपैयाँ पर्ने बाँस तथा प्रतिगोटा २२ रूपैयाँ पर्ने एक हजार ८०० वटा फूलका बिरूवा किनेर फूल खेती सुरू भइसकेको थियो।
खेती गर्नकै लागि भनेर ८ वटा टनेलसमेत बनिसकेका थिए। तर, फूलले उत्पादन दिन लाग्दासमेत आफूहरूलाई फूलको सम्भावित बजारबारे जानकारी नभएको सबिता बताउँछिन्।
“बिक्री गर्ने ठाउँको जानकारी नपाएपछि सबै फूल उखेलेर तरकारी खेती सुरू गर्ने योजना बनिसकेको थियो”, सबिता भन्छिन्, “तर, केही साता अघिको समूहका सबैजना संकटा मन्दिर दर्शन गर्न गयौं।”
मन्दिर दर्शन गर्न सयपत्री फूल किन्दा प्रतिमुठा (५/६ वटा फूल राखेर बनाइने) ३० रूपैयाँ पर्याे। त्यसपछि ती व्यापारीसँग उनीहरूले सोधिखोजी गरे।
व्यापारीले इन्द्रचोक/असनबाट फूल ल्याउने गरेको जानकारी दिए। त्यसपछि बिहान ५ बजेतिर उनीहरूको समूह असन पुग्यो। असनका व्यापारीसँग बुझ्दा प्रतिमुठा १० रूपैयाँ दिन सक्ने बताए।
प्रतिमुठा १० रूपैयाँमा फूल दिए दैनिक २०० मुठासम्म फूल लिने बताएपछि भने लगाइएका फूलका बोट नउखेल्ने निधो गरेको सबिता बताउँछिन्।
तर, उनीहरूले विश्वकर्मा पूजाको दिनसम्म पनि सम्भावित बजारबारे जानकारी पाइसकेका थिएनन्। “विश्वकर्मा पूजाको दिन पनि धेरै फूल जाने रहेछ”, समूहकै प्रेमकुमारी महर्जनले भनिन्, “नत्र त्यो दिन पनि राम्रो व्यापार हुने रहेछ।”
यद्यपि अब भने बजार बारे राम्रो जानकारी भएकाले नजिकिँदै गरेको दसैँ र तिहारमा राम्रो व्यापार गर्नेमा उनीहरू विश्वस्त छन्।
पानीले ढालेका फूलसँगै दोस्रो पटक उठेकाे सपना
असारमा लगाएको फूलले त्यसको तीन महिनापछि उत्पादन दिन सुरू गरेको थियो। तर, भदौमा आएको भारी वर्षाको पानीको भल टनेलमा पसेर सबै फूल ढालिदियो। फूलसँगै ढल्यो उनीहरूको व्यवसायी बन्ने सपना पनि।
“उत्पादन दिने समयका फूल ढल्दा मन नरूने त कुरै भएन। आफूले गरेको मेहनतसँगै एकल महिला समूहसँग लिएको ६-७ लाख ऋण पनि सँगै ढलेको थियो”, बिनुले भनिन्, “तर, हामी सबै मिलेर ती फूलका बोटलाई फेरि उठायौं।”
बजार बारे पनि थाहा नभएको र फूलका बोट पनि ढलेपछि आम्दानी लिन सकिँदैन भन्ने लागेको उनीहरू बताउँछन्। तर, एकपटक हिम्मत नहारी ढलेका ती फूललाई आडभर दिएर फेरि उठाए।
अनि, पानीले ढलेका ती फूलका बोटसँगै फेरि उठ्यो उनीहरूको ललितपुर जिल्लाकै नमुना पुष्प व्यवसायी बन्ने सपना।
" /> काठमाडौं। ललितपुर महानगरपालिका सुनाकोठी-२७ का तीन महिलाहरूले जग्गा भाडामा लिएर सयपत्री फूलको खेती सुरू गरेका छन्। सयपत्री फूलको खेती गर्ने तीनमध्ये दुई एकल महिला हुन्।विश्वव्यापी महामारीका कारण देशमा पूर्ण लकडाउन जारी रहँदा उनीहरू भने रातदिन नभनी फूल खेतीबाट व्यवसायी बन्ने सपना सजाइरहेका थिए।

">