डोटी। जोरायल गाउँपालिका-२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ सुरू भएको छ।
सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो। उक्त गाउँपालिकामा रहेका छहरा झरना, छतिवन ताललगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी छतिवन पर्यटन प्रवर्द्धन संरक्षण समिति र बैतडी अमेजिङ एडभेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङ सुरू गरिएको हो।
जिल्लामा व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन भएको यो पहिलोपटक हो। गएको वर्ष उक्त गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो।
कम्तीमा पनि १५ देखि २० मिनेटसम्मको उक्त प्याराग्लाइडिङ यात्रा सुरू भएपछि आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक तथा प्याराग्लाइडिङ गर्नेको भीड बढ्न थालेको छतिवन पर्यटन प्रवर्द्धन संरक्षण समितिका अध्यक्ष भरत कुँवरले बताए।
रुबसकाँडाको भगतडाँडा (भ्यू प्वाइन्ट) बाट उड्ने फ्लाइट करिब १५ देखि २० मिनेट आकाशमा रहने तथा प्याराग्लाइडिङको चार हजार लाग्ने आयोजकले जनाएको छ। रासस
" /> डोटी। जोरायल गाउँपालिका-२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ सुरू भएको छ।सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो। उक्त गाउँपालिकामा रहेका छहरा झरना, छतिवन ताललगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी छतिवन पर्यटन प्रवर्द्धन संरक्षण समिति र बैतडी अमेजिङ एडभेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङ सुरू गरिएको हो।

">