काठमाडौं। सानिमा जनरल इन्स्यारेन्स कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ।
कम्पनीले यही असोज २१ देखि २५ गतेसम्म निष्कासन गरेको २७ लाख ३० हजार कित्ता आईपीओको लागि आवेदन खुला गरेको थियो।
उक्त अवधिमा आईपीओको लागि ८ लाख ६६ हजार ९०५ जनाको आवेदन परेको थियो। यो भनेको कम्पनीको एक करोड ८५ लाख ९१ हजार ५२० कित्ता शेयर हुन आँउछ।
त्यसमधये दोहोरो आवेदन दिने तीन हजार ३६० जनाको आवेदन रद्द गरिएको इन्स्यारेन्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी दिएको छ।
बाँकी रहेका दुई लाख ७३ हजार आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ।
कम्पनीले कुल ३० लाख कित्ता साधारण शेयरमध्ये सामूहिक लगानी कोषलाई एक लाख ५० हजार र कर्मचारीलाई एक लाख २० हजार शेयर बाँडफाँड गरेर बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरेको थियो।
" /> काठमाडौं। सानिमा जनरल इन्स्यारेन्स कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ।कम्पनीले यही असोज २१ देखि २५ गतेसम्म निष्कासन गरेको २७ लाख ३० हजार कित्ता आईपीओको लागि आवेदन खुला गरेको थियो।

">