रद्द हुने आवेदनको तथ्यांक रुजु हुँदै, सबै तथ्यांक रुजु भएपछि मात्रै लिलामी शेयरको अन्तिम कट अफ प्राइस निर्धारण हुने।
काठमाडौं। मेगा बैंक नेपालले लिलामी विक्री गरेको शेयरको प्रारम्भिक कट अफ प्राइस सार्वजानिक भएको छ।
२९ असोजमा खुलेको बोलकबोलमा संस्थापक शेयरको प्रारम्भिक कटअफ मूल्य १०८ रुपैयाँ कायम भएको छ भने सर्वसाधारण शेयरको प्रारम्भिक कट अफ मूल्य २१२ रूपैयाँ कायम भएको बिक्री प्रबन्धक मेगा क्यापिटलले बताएको छ।
रद्द हुने आवेदनको तथ्यांक भने अझै रुजु भईसकेको छैन। सबै तथ्यांक रुजु भएपछि मात्रै लिलामी शेयरको अन्तिम कट अफ प्राइस निर्धारण हुने क्यापिटलले उल्लेख गरेको छ।
बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेको शेयर असोज ११ गतेदेखि १८ गतेसम्म लिलामी बिक्री खुला गरेको थियो।
२९ असोजमा दोस्रो बजारमा मेगा बैंकको साधारण शेयर प्रतिकित्ता २३० रुपैंयामा र संस्थापक शेयर १२६ रुपैयाँ अन्तिम कारोबार भएको थियो।
" /> रद्द हुने आवेदनको तथ्यांक रुजु हुँदै, सबै तथ्यांक रुजु भएपछि मात्रै लिलामी शेयरको अन्तिम कट अफ प्राइस निर्धारण हुने।काठमाडौं। मेगा बैंक नेपालले लिलामी विक्री गरेको शेयरको प्रारम्भिक कट अफ प्राइस सार्वजानिक भएको छ।

">