सामसुङको ग्यालेक्सी एस२१ सिरिज जनवरीमै आउने सम्भावना

काठमाडौं। सामसुङको ग्यालेक्सी एस२० सिरिज स्मार्टफोन सार्वजनिक भएको धेरै भएको छैन। तर, सामसुङले नयाँ जेनेरेसनको ग्यालेक्सी एस२१ सिरिज छिट्टै सार्वजनिक गर्ने हल्ला इन्टरनेट चलिरहेको छ।

पछिल्ला दिनहरूमा सामसुङको अब आउने स्मार्फोनमा हुन सक्ने फिचर्सको बारेमा विभिन्‍न रिपोर्ट सार्वजनिक भइरहेका छन्। यस्तैमा एक नयाँ रिपोर्टले नयाँ स्मार्टफोन कहिले लञ्च हुन्छ भन्‍ने मिति उल्लेख गरेको छ। साम मोबाइलको रिपोर्टअनुसार सामसुङले नयाँ जेनेरेसनको एस२१ सिरिज २०२१ को जनवरीमा लञ्च गर्ने बताएको छ।

कम्पनीका सप्लायर्सहरूले एस२१ सिरिजका लागि आवश्यक पर्ने कम्पोनेन्ट धेरै संख्यामा उत्पादन गर्न थालिसकेका छन्। यसले कम्पनी नयाँ जेनेरेसनमा छिटै पुग्ने अनुमान गर्न सकिन्छ।

सामसुङले प्राय आफ्ना प्रिमियम स्मार्टफोनहरू फेब्रुअरीदेखि मार्चसम्म सार्वजनिक गर्ने गरेको छ। तर, रिपोर्टअनुसार सामसुङको नयाँ सिरिज यसपाली १ महिना अगाडि सार्वजनिक हुने साम मोबाइलले बताएको छ।

रिपोर्टमा सामसुङले जनवरीमा लञ्च गरेर जनवरीको अन्त्य वा फेब्रुअरीको सुरुआतदेखि नै बिक्री सुरु गर्ने दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्