काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार ५ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सुधार आएको छ। पहिलो दिन घटेको नेप्से परिसूचक आज १३.५८ अंकले बढेको हो।
परिसूचक उत्साहजनक रूपमा दोहोरो अंकले बढे पनि आज कारोबार रकम भने घटेको छ। परिसूचक १३ अंकले बढ्दा कारोबार रकम ९७ करोड रूपैयाँमा सीमित बनेको छ।
हिजो नेप्से ५ अंकले घटेको दिन १२५ करोड रूपैयाँको सेयर कारोबार भएको थियो। जुन, आजको कारोबार रकमभन्दा २८ करोडले बढी हो।
नेप्सेमा कारोबार भएका १२ मध्ये ११ समूहमा मात्रै सुधार आएको छ। आज व्यापार समूहमा १.६९ अंकको गिरावट आएको छ।
त्यसबाहेक सबै समूह सुधारिएका हुन्। आज सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूह ९९ अंकले सुधारिएको छ।
यस्तै, जीवन बीमा समूहमा ५० अंक र जलविद्युत् समूहमा ४३ अंकको सुधार आएको छ।
परिसूचक बढे पनि गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। उनीहरूले प्रतिकित्ता १६ रूपैयाँ गुमाएका हुन्।
त्यसैगरी, आज जनरल इन्स्योरेन्स कम्पनीको सेयर लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ४० रूपैयाँ कमाएका छन्।
" /> काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार ५ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सुधार आएको छ। पहिलो दिन घटेको नेप्से परिसूचक आज १३.५८ अंकले बढेको हो।परिसूचक उत्साहजनक रूपमा दोहोरो अंकले बढे पनि आज कारोबार रकम भने घटेको छ। परिसूचक १३ अंकले बढ्दा कारोबार रकम ९७ करोड रूपैयाँमा सीमित बनेको छ।

">