काठमाडौं। कोरोना महामारीले थलिएको नेपालको वैदेशिक व्यापारमा दसैंको प्रभाव देखिएको छ। भन्सार विभागले दिएको जानकारी अनुसार असोज महिनाको वैदेशिक व्यापारमा दसैंको प्रभाव देखिएको हो।
विभागका अनुसार अघिल्लो आर्थिक वर्षको असोजको तुलनामा यो वर्षको असोजमा भन्सारमा राजस्व संकलन २३.७३ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको असोजमा ३० अर्ब ५५ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको थियो। तर, यो वर्ष सात अर्ब २४ करोडले बढेर ३७ अर्ब ७९ करोड रूपैयाँ पुगेको छ।
खासगरी, अघिल्लो वर्षको तुलनामा यो वर्षको असोजमा ७.५६ प्रतिशतले आयात बढेको छ। चालु वर्षको असोजमा एक खर्ब १३ अर्ब ४२ करोडको आयात भएको छ।
जुन, अघिल्लो वर्ष एक खर्ब पाँच अर्ब ४४ करोडमा सीमित थियो। यो, यस वर्ष भित्रिएका सामानको मूल्यको तुलनामा सात अर्ब ९८ करोडले कम हो।
अघिल्लो वर्षको दसैं असोज महिनामा थियो। सोही कारण, दसैंलक्षित सामान भदौ महिनामै भित्रिने गथ्र्यो। तर, यो वर्ष असोजमा भित्रिएकाले अघिल्लो वर्षको तुलनामा आयात बढेको विभागले बताएको छ।
चाडवाडलक्षित आयात बढ्दा राजस्व संकलन पनि बढेको भन्सार विभागले जानकारी दिएको छ। कात्तिक महिनामा हिन्दूहरूको महान चाड दसैं परेकाले व्यापारीहरूले असोजमा दसैंलक्षित सामान ल्याउँदा आयात बढेको विभागको बुझाइ छ।

यस अवधिमा नेपालबाट विदेशतर्फ हुने निर्यात रकम पनि २२.६७ प्रतिशतल ेबढेको छ। अघिल्लो आर्थिक वर्षको असोजमा नेपालबाट आठ अर्ब ६६ करोड रूपैयाँको निर्यात भएको थियो।
तर, यो वर्षको असोजको निर्यात अघिल्लो वर्षको तुलनामा एक अर्ब ९४ करोडको वृद्धि भइ १० अर्ब ६० करोड पुगेको छ विभागले जानकारी दिएको छ।
" /> काठमाडौं। कोरोना महामारीले थलिएको नेपालको वैदेशिक व्यापारमा दसैंको प्रभाव देखिएको छ। भन्सार विभागले दिएको जानकारी अनुसार असोज महिनाको वैदेशिक व्यापारमा दसैंको प्रभाव देखिएको हो।विभागका अनुसार अघिल्लो आर्थिक वर्षको असोजको तुलनामा यो वर्षको असोजमा भन्सारमा राजस्व संकलन २३.७३ प्रतिशतले बढेको छ।

">