काठमाडौं। कृषि विकास बैंक लिमिटेडले इन्टरनेट र मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ।
कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका निर्देशक अमित अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।
खल्तीसँगको सम्झौतापछि कृषि विकास बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन्। खल्तीमा लोड गरिएको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयोग गर्न सक्ने अग्रवालले बताए।
यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्याउने अपेक्षा कृषि विकास बैंकले गरेको छ। ग्राहकहरूले डिजिटल डिजिटल बैंकिंङमा अझ धेरै सुविधा पाउँले बैंकले जनाएको छ।
सम्झौता अनुसार, बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिङ प्रणाली प्रदान गर्नेछ। यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। कृषि विकास बैंकका ग्राहकले ई-बैंकिंङ, मोबाइल बैंकिंङ, स्मार्ट बैंकिंङ, चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्तीमा रकम लोड गर्न सक्नेछन्।
खल्ती सन् २०१७ जनवरीमा सुरू भएको मोबाइल भुक्तानी सेवा प्रदायक हो। यसबाट विभिन्न उपयोगिता बिल भुक्तानी सेवाहरू, मोबाइल रिचार्ज, डीटीएच रिचार्ज, आन्तरिक हवाइ उडानको टिकट, चलचित्र टिकट, विभिन्न कार्यक्रमको टिकट, होटल बुकिङ लगायतका विभिन्न डिजिटल भुक्तानी सेवाहरू प्रयोग गर्न सकिन्छ।
खल्तीको प्रयोग गरेर नियमित रूपमा १० लाखभन्दा बढी व्यक्तिले विभिन्न बिल भुक्तानी गर्दै आएको उक्त कम्पनीले बताएको छ।
" /> काठमाडौं। कृषि विकास बैंक लिमिटेडले इन्टरनेट र मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ।कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका निर्देशक अमित अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

">