काठमाडौं। बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी विस्तारै सुधारिन थालेको छ। गत चैत महिनायताको करिब सात महिना ऋण विस्तार गर्न नसकेका बैंकहरूले पछिल्लो समय भने लगानी बढाएका छन्।
कोभिड-१९ महामारीले अर्थतन्त्रमा आएको शिथिलता र कोरोना संक्रमण नियन्त्रणको लागि सरकार र स्थानीय तहहरूले गरेको लकडाउन र निषेधाज्ञाको कारण आर्थिक गतिविधि प्रभावित भएका थिए। तर, सरकारले कोरोना महामारीसँगै जीवनयापन पनि गर्नुपर्ने भन्दै लकडाउन हटाएपछि आर्थिक गतिविधिले गति लिन थालेको छ।
दसैँ र तिहारजस्ता चाडपर्वको अवसरमा व्यापारमा लगानी गर्न पनि कतिपय व्यवसायीहरुले बैंकबाट ऋण लिएर लगानी गरेका छन्। त्यसले पनि बैंक वित्तीय संस्थामा ऋणको माग बढेको छ।
बैंक वित्तीय संस्थामा ऋणको माग नआउने र वैदेशिक रोजगारीमा रहेका कामदारहरूले पठाएको रेमिट्यान्स र अन्य बचतकर्ताहरूले निक्षेप बढाएको कारण बैंक वित्तीय संस्थामा अधिक तरलताको अवस्था सिर्जना भएको थियो।
बैंक तथा वित्तीय संस्थाहरूको लागि निक्षेप व्यवस्थापन चुनौतीपूर्ण विषय बन्दै आएको थियो। ऋण माग नभएको र निक्षेप निरन्तर बढिररहेको कारण बैंकको ब्याजदरमा दबाब परेको थियो। बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप र ऋणको ब्याज निकै घटाएका थिए।
आर्थिक गतिविधि बढेसँगै पछिल्लो एक सातामा वाणिज्य बैंकहरुले ७५ अर्ब रूपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन्।
चालु आर्थिक वर्षको असोज महिनामा बैंकहरुले एक खर्ब ५९ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन्। सोही अवधिमा बैंकहरुले एक खर्ब ३० अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन्।
गत भदौ महिनामा बैंकहरुले २७ अर्ब रूपैयाँ मात्रै कर्जा प्रवाह गर्न सकेका थिए। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा १६ अर्ब रूपैयाँ निक्षेप थपिएको थियो।
साउन मसान्तसम्म बैंकहरूले २८ खर्ब ७८ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका थिए। उक्त अवधिसम्म बैंकहरुमा ३४ खर्ब ७९ अर्ब निक्षेप रहेको थियो। असोज अन्तिसम्ममा बैंकहरुको कर्जा प्रवाह बढेर ३० खर्ब ३५ अर्ब रूपैयाँ पुगेको छ भने निक्षेप ३६ खर्ब ५४ अर्ब रूपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले उद्योगधन्दा सञ्चालन तथा नयाँ उद्यम गर्नका लागि सहज कर्जाको व्यवस्था गरेको छ। बैंक वित्तीय संस्थाबाट सहुलियत रूपमा सहज कर्जा पाउने भएपछि पछिल्ला दिनहरुमा बैंक वित्तीय संस्थामा कर्जाको माग बढ्न थालेको बैंकरहरूले बताएका छन्।
" /> काठमाडौं। बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी विस्तारै सुधारिन थालेको छ। गत चैत महिनायताको करिब सात महिना ऋण विस्तार गर्न नसकेका बैंकहरूले पछिल्लो समय भने लगानी बढाएका छन्।कोभिड-१९ महामारीले अर्थतन्त्रमा आएको शिथिलता र कोरोना संक्रमण नियन्त्रणको लागि सरकार र स्थानीय तहहरूले गरेको लकडाउन र निषेधाज्ञाको कारण आर्थिक गतिविधि प्रभावित भएका थिए। तर, सरकारले कोरोना महामारीसँगै जीवनयापन पनि गर्नुपर्ने भन्दै लकडाउन हटाएपछि आर्थिक गतिविधिले गति लिन थालेको छ।

">